• २१ असार २०८१, शुक्रबार

सिद्धिचरण नगरपालिकाको बजेट ८१ करोड ६ लाख

blog

बजेट प्रस्तुत गर्नुहुँदै प्रमुख खनाल । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, असार १० गते । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ८१ करोड ६ लाख भन्दा बढी बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकाको दशौँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सँगै बजेट ८१ करोड छ लाख २३ हजार आठ सय ६० रुपियाँको प्रस्तावित बजेट सार्वजनिक गरिएको हो ।  

‘हामी सबैको चाहना, समृद्ध सिद्धिचरणको लागि दिगो योजना’ भन्ने नाराका साथ नगर प्रमुख तेजेन्द्र खनालको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिाक वर्ष २०७८÷०७९ भन्दा ७.७९ प्रतिशत बजेट वृद्धि भएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो । 

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले सामाजिक विकासलाई बजेटमा प्राथामिकता दिइएको छ । नगरपालिकाले कुल बजेटको ५५.९२ प्रतिशत अर्थात् ४५ करोड ३३ लाख ७६ हजार १ सय २० रुपियाँ सामाजिक विकासका लागि विनियोजन गरेको छ । 

यस्तै, सुशासन तथा संस्थागत विकासतर्फ १६.५४ प्रतिशत अर्थात् १३ करोड ४० लाख ८१ हजार ८ सय ६०, आर्थिक विकासमा १०.९२ अर्थात ११ करोड २८ लाख, पुर्वाधार विकास तर्फ १३.१६ प्रतिशत अर्थात १० करोड ६६ लाख १८ हजार ८ सय ८० र वन, वातावारण तथा विपद् व्यवस्थापनमा ०.४६ प्रतिशत अर्थात् ३७ लाख ५० हजार विनियोजन गरिएको नगरसभामार्फत उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, कृषि, सुशासन र समानतालाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख तेजेन्द्र खनालले बताउनु भयो । 

नगरक्षेत्रका नगरिकको आवश्यकतालाई परिपूर्ति गर्नका लागि सम्पूर्ण विषयगत क्षेत्र तथा सरोकारवालाहरुको सल्लाहबमोजिम निति तथा कार्यक्रम साथै बजेट ल्याइएको प्रमुख खनालको भनाइ छ । प्रस्तावित बजेट माथि शनिबार छलफल गरिने सिद्धिचरण नगरपालिकाले जनाएको छ ।