आयोजक टोली मलेसियालाई फाइनलममा पाँच विकेटले पराजित गर्दै एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटको उपाधि संयुक्त अरव इमिरेट्स (यूएई)ले जितेको छ ।
चार वर्षपछि जिल्लामा मनसुुनजन्य बिपद प्रतिकार्य योजना तयार गरिएको छ । बिपद जोखिम तत्थ्याङका आधारमा यसवर्ष हुनसक्ने सम्भावित जोखिम आँकलन गर्न प्रतिकार्य योजना तयार गरिएको हो ।
इलामको रोङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्ने भएको छ । अधिकांश कृषि पेशामा आश्रित रहेका गाउँपालिकाका नागरिकको जिवनस्तर उकास्न गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्न लागेको हो ।
गएराति पोखरामा परेको भारी वर्षाका कारण पोखरा महानगरपालिका २५, हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पहिरोले घर क्षतिग्रस्त हुँदा र डुबानका कारण मानिसहरु विस्थापित भएका छन् ।
कैलालीको भजनी नगरपालिकाको केही भूभाग र टीकापुर नगरपालिकाको बजारक्षेत्र जलमग्न भएको छ । आज विहान केहीबेर वर्षा भएपछि दुवै नगरको केही क्षेत्र जलमग्न भएको हो । पानीको उचित निकास नहुँदा सामान्य वर्षाले नै जलमग्न बनाएको स्थानीयले बताएका छन् ।
कपिलबस्तुको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिकाको वनकट्टीमा शनिबार बिहान बस दुर्घटनामा परेको छ । काठमाडौंबाट सुर्खेतका लागि छुटेको ना ८ ख १३६ नम्बरको बस दुर्घटना हुँदा आठ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ४३ जना सवार सो बस दुर्घटना भई सडक छेउमा पल्टिएको छ ।
बैतडीको चार नगरपालिका र ६ गाउँपालिकाले आ.ब. २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पाँच अर्ब ३५ लाख ३० हजार रुपियाँ बराबरको बजेट ल्याएका छन् । शुक्रबार सम्पन्न गाउँसभा तथा अधिवेशबाट स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकता दिएका छन् ।
उद्योगमन्त्री बडूले डिजेलमा २९ रुपियाँ, पेट्रोलमा २० रुपियाँ कर कटौती गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपियाँ पर्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सुरु गरिएको कोभिड विरुद्धको खोप अभियानमा प्रभावकारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
म्याग्दीका ६ वटा स्थानीय तहले आगमी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट पारित गरेका छन् । शुक्रबार सम्पन्न गाउँ तथा नगरसभा मार्फत बेनी नगरपालिका,मंगला,मालिका,धबलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट ३ अर्ब ८३ लाख ४६ हजार रुपियाँ बराबरको बजेट पारित गरेका हुन ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका एक समाजसेवीले विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नभएको छ । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी सुकमाया पन्दाक लिम्बूले स्थानीय इन्द्रावती आधारभूत विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंलगायतका स्थानमा देखा परेको कलेरा (हैजा) बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नु भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको फोहोर चार जिल्ला कटाएर नुवाकोट लगिन्छ भन्ने थाहा पाउँदा बनेपावासी चकित परेका छन् । काभ्रेको सबैभन्दा पुरानो नगरपालिकाबाटै फोहोर व्यवस्थापनमा यस्तो कार्य हुनु निकै दुर्भाग्य भएको पनि स्थानीयवासीले बताएका छन् ।
नेपाली कलाकारले दुबईमा बृहत् साङ्गीतिक कार्यक्रम गर्ने हुनुभएको छ । भदौ ५ गते दुबईको वल्र्ड ट्रेड सेन्टरमा नेपाल ईभ टुरिजम टुर आयोजना हुन लागेको हो ।