• ११ वैशाख २०८१, मङ्गलबार

मन्त्रिपरिषद् बैठक बस्दै

सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

blog

फाइल तस्बिर

काठमाडौं, असार ११ गते । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

गठबन्धनका संयोजक एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने सहमति भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पेट्रोलियम पदार्थको मूल्य घटाउने, बजार अनुगमनमा कडाइ गर्ने, उपभोक्तालाई कसरी सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गर्न सकिन्छ भन्ने विषयमा आज मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।’’

सरकारले उक्त विषयलाई आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरी लागू गर्ने उहाँले जानकारी दिनुभयो । उक्त निर्णय लागू भएमा डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै २५ देखि ३० रुपियाँसम्म घट्ने देखिन्छ ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपियाँमा कारोबार भइरहेको छ ।