• १३ वैशाख २०८१, बिहिबार

सामुदायिक सर्पदंश उपचार केन्द्रलाई सहयोग

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार १० गते । नेपाली कांग्रेसका नेता एवं नोवेल मेडिकल कलेजका सञ्चालक डाक्टर सुनील शर्माले सामुदायिक सर्पदंश उपचार केन्द्र बेलबारीलाई १२ लाख रुपियाँ मूल्य पर्ने इसिजी मनिटर प्रदान गर्नुभएको छ । 

बेलबारी ३ का कांग्रेस सभापति रिक्त गुरुङले सर्पदंश उपचार केन्द्रको हातामा इसीजी मनिटर हस्तान्तरण गर्नुभयो । डाक्टर शर्माले विगत ६ वर्ष सामाजिक क्षेत्रमा आर्थिक सहयोग र विपन्नलाई निःशुल्क उपचार शिविर सञ्चालन गर्दै आउनु भएको छ ।