ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताउनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीमा आकर्षक वाल पार्क निर्माण भई सञ्चालनमा आउनेभएको छ । सुन्दर वाटरपार्क र धम्बोझी माविसँगै जोडिएको यो पार्क सञ्चालनमा आएपछि नेपालगञ्जमा अर्को पर्यटकीय क्षेत्र थपिनेछ ।
धनुषाको ढल्केबरमा चार्जिङ स्टेशन राखेपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई चार्ज गर्न सहज भएको छ । गत फागुन महिनामा एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ढल्केवरमा पहिलो पटक चार्जिङ स्टेशन राखेको हो ।
अठारसय मिटर सडक निर्माणका लागि कति समय लाग्ला ? ६ महिना, एक वर्ष वा दुई वर्ष ? बाँकेमा चार वर्ष लगाएर १८ सय मिटर सडक निर्माणको काम पनि पूरा हुन सकेको छैन ।
सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताउनुभएको हो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार सुनुवाइ भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चारजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बिहान ११ बजेबाट सुरु भएको हो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महत्तोलाई सम्मान गरिएको हो ।
ताप्लेजुङको छुट्टाछुट्टै दुई ठाउँमा रहेको विद्युत आयोजनामा पहिरोले क्षति पुर्याएपछि करिव १४ सय परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत आयोजनामा क्षति पुगेपछि जिल्लाको सिरिजङ्घा गाउँपालिकाका दुई र फक्ताङ्लुङ गाउँपालिकाका दुईवटा वडाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।
पछिल्ला दुई वर्ष नेपालभाषा विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई शनिबार मोतीलानी पुरस्कार प्रदान गरिएको छ । कोभिडका कारण गत वर्ष पुरस्कार कार्यक्रम हुन नसकेपछि यस पटक पछिल्ला दुई सत्रमा नेपाल भाषा विषयमा एसईई, डिप्लोमा र मास्टर्समा पहिलो हुने विद्यार्थीलाई मोतीलानी पुरस्कार प्रदान गरिएको हो ।
भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाउन सर्वाेच्च अदालतले बाटो खोलिदिएको छ । आइतबार सर्वोच्च अदालतले सो परियोजना निर्माण रोक्ने गरी यसअघि भएको अन्तरिम आदेश खारेज गरेकाले निर्माणको अवरोध हटेको हो ।सबै काम सकिएर नवलपरासीको दुम्कीबासमा दुईवटा पोल गाड्न नपाउँदा पूर्व–पश्चिम विद्युत् प्रवाहको लाइफलाइनकै रूपमा रहेको यो प्रसारण लाइन अलपत्र बनेको थियो ।
नेपाल चलचित्र कलाकार सङ्घको आयोजनामा नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।सङ्घका अध्यक्ष रवीन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टङ्क महतले विकास बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थानमा प्रयासरत् रहेको बताउँदै छिट्टै प्रभावकारी चलचित्र नीति ल्याउने कार्य गरिरहेको बताउनुभयो । कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र सञ्चारकर्मी शान्तिप्रियले तयार गर्न‘भएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । अवधारणा पत्रमा अधिवक्ता कृष्ण ढुङ्गाना, सञ्चारकर्मी कृष्ण भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ र सञ्चारकर्मी डब्बु क्षेत्रीले आ–आफ्नो कुराहरू राख्नुभएको थियो ।