सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
कैलालीमा एक सरकारी कर्मचारीलाई भारतीय नागरिकहरुले निर्घात कुटपिट गरेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरी बाँधेर बाटोमा अलपत्र छोडेका हुन् ।
नवनियुक्त मन्त्री भवानी खापुङले पदभार समाल्दै ग्लोबल फण्डको रकम सिँधै स्वास्थ्य मन्त्रालय मातहत आउने पहिलो निर्णय गर्नुभएको छ ।
साताको पहिलो दिन आइतबार ९४.९२ अङ्कले बढेको नेप्से परिसूचक सोमवार गिरावट आएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार गठन भएपछि सरकारी सञ्चारमाध्यमहरुको पहुँच वृद्धि गर्न महत्वपूर्ण काम भएको बताउनुभएको छ ।
राष्ट्रियसभाको दोस्रो बैठक सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३० मिनेटका लागि स्थगित गर्नुभएको बैठक सुरु भएको हो ।
नेपालकी फिफा रेफ्री अन्जना राई एसियाली फुटबल महासङ्घ (एएफसी) एलिट वुमन रेफ्री तथा सहायक रेफ्री प्यानलमा समावेश हुनुभएको छ । एएफसीले अन्जनालाई २०२२ को रेफ्री प्यानलमा समावेश गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
रेडियो श्वेत शार्दूलले आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मदन भण्डारी मेमोरियल कलेज अनामनगरमा सोमबार विहान जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको सन्दर्भमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा यसअघिको राम्रो कामलाई निरन्तरता दिँदै राम्रो गर्ने प्रयास गर्ने बताउनुभएको छ । सोमबार सिंहदरवारमा मन्त्रीको पदभार ग्रहणका क्रममा उहाँले सो कुरा बताउनुभयो ।
बागमती प्रदेश न्यू डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि कीर्तिपुरमा हुने भएको छ ।
राष्ट्रियसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ । सोमबार बिहान ११ बजेबाट जारी रहेको राष्ट्रियसभा बैठकमा ३० मिनेटका लागि स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले नेताहरु देश र जनताप्रति जिम्मेवार नबन्दा देश बन्न नसकेको बताउनुभएको छ । सोमवार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
सोमबारको राष्ट्रियसभा बैठकमा जारी विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा सङ्घीय निजामति ऐन दर्ता गर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टी गठन, विस्तार एवम् परिचालनलगायत राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको सो दलका नेताहरुले बताउनुभयो ।