• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभाको दोस्रो बैठक

blog

काठमाडौं, असार १३ गते । राष्ट्रियसभाको दोस्रो बैठक सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३० मिनेटका लागि स्थगित गर्नुभएको बैठक सुरु भएको हो ।

सोमबारको पहिलो बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएकाे छ ।

जसअन्तर्गत खानेपानी मन्त्री उमाकान्त चौधरी, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।

त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु राष्ट्रियसभाको बैठकबाट बाहिरिएका थिए ।

अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमाले सांसदहरु बैठकबाट बाहिरिएका थिए ।

एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाउनुभएको थियो । उहाँले प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।  त्यसलगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिएका थिए ।