• १३ साउन २०८१, आइतबार

ग्लोबल फण्डको रकम सिँधै स्वास्थ्य मन्त्रालय मातहत आउने : स्वास्थ्यमन्त्री खापुङ

blog

काठमाडौं, असार १३ गते । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री खापुङले पदभार ग्रहण गर्नुभएको हो ।

नवनियुक्त मन्त्री भवानी खापुङले पदभार समाल्दै ग्लोबल फण्डको रकम सिँधै स्वास्थ्य मन्त्रालय मातहत आउने पहिलो निर्णय गर्नुभएको छ  ।

हाल ग्लोबल फण्डको रकम गैर सरकारी निकाय सेभ द चिल्ड्रेनमार्फत खर्च हुँदै आएको थियो । तर सन् २०२४ मा सुरु हुने नयाँ साइकलका लागि ग्लोबल फण्डको रकम सरकारमातहत नै खर्च हुने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको प्रवक्ता डा. सङ्गिता मिश्राले जानकारी दिनुभयो ।

पदभार समाल्दै मन्त्री खापुङले आफ्नो कार्यकालमा गाउँमा स्वास्थ्य शिविर लैजाने र क्यान्सर, मुटु, मिर्गौला जस्तो ठूला रोगहरुको उपचारमा विशेष महत्त्व दिने बताउनुभयो ।

स्वास्थ्यमन्त्रीका रुपमा नयाँ जिम्मेवारी पाउनुभएका उहाँले यसअघि स्वास्थ्य राज्यमन्त्री जिम्मेवारी समालिसक्नुभएको छ  ।