• १३ साउन २०८१, आइतबार

बढ्दै कोरोना सङ्क्रमण, २४ घण्टामा ३६ जना सङ्क्रमित

blog

काठमाडौं, असार १३ गते । पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, एक हजार २१ जनाको एन्टीजेन परीक्षण गर्दा थप पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरेर कुल तीन हजार ३५८ जनाको परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २० जनाले कोरोना जितेका छन् भने मृत्युदर शून्य  छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २०८ छ ।