• २६ वैशाख २०८१, बुधबार

पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान

blog

गोरखापत्र समाचारदाता

पोखरा, असार १३ गते । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोकश्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादवचन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिएको हो । 

कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कला राष्ट्रको पहिचान, गौरव र गरिमा भएको बताउनुभयो । यसको संरक्षण हामी सबै मिलेर गर्नुपर्ने धारणा राख्नुभयो । कलाकारहरू राजु परियार, राजु गुरुङ, पार्वती जि.सी., कर्णदास, रामभक्त जोजिज, बुद्धिमान दुरा ‘धुम्पु’ समूहको ठाडो भाका र  हार्मोनी ग्रुप पोखराको विशेष प्रस्तुति थियो ।