काठमाडौं, असार १२ गते। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार साँझ औपचारिकरुपमा बिदा हुनुभएको छ। मन्त्रालयमा “फेरि भेटौंला” कार्यक्रम आयोयजना गर्नुहुँदै झाँक्री आठ महिना २० दिनको कार्यकालपछि बिदाई हुनुभएको हो।“सहयोग गर्ने सचिव, समग्र टिमप्रति धेरै धन्यवाद दिन चाहन्छु, काम गर्दै जाउला, सल्लाह, सुझाव दिने साथीहरु, मन्त्रालयको टिमलाई धन्यवाद दिन्छु”, उहाँले भन्नुभयो। बिदाई कार्यक्रममा भावुक बन्नुहुँदै झाँक्रीले पार्टीबाट निर्णय गरेर मन्त्री भएको तर पार्टीमा केही समयपछि साथीहरुले दिन गन्ती गर्न थाल्नुभएको गुनासो पोख्नुभयो। मन्त्री हेरफेरको विषय मिडियाबाट थाहा पाउनुपरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो। झाँक्रीको नेतृत्वमा गरेका काम, कारबाही मन्त्रालयले सार्वजनिक गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन-पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्ने बताउनुभएको छ।
विभागीय टोली नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक असार २० गते सोमबार दिउँसो १ बजे बस्नेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध बिशेष अदालत, काठमाडौंमा आइतबार आरोपपत्र दायर गरेको छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारको काम रोकिएको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर स्थगित भएको जनाएको हो ।
काठमाडौं, असार १२ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र कौशल सिंह नेतृत्वको लोक दलबीच पार्टी एकता भएको छ। काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा लोसपा र लोक दलबीच पार्टी एकता घोषणा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्नुहुदै लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेस एवम् थारु आन्दोलन, सामाजिक तथा जातिय विभेद लगायत समसमायिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभयो।दोस्रो संविधानसभाबाट नेपाल बहुराष्ट्रिय राज्यको परिभाषासहित जुन संविधान बन्यो, सहमतिका विषय कार्यान्वयन हुन नसकेको बताउनुभयो। थरुहट, टीकापुर लगायतका आन्दोलनमा कडाइका साथ दमन भएको र यसका मुद्दाहरु अहिले पनि चलिरहेको उहाँले भन्नुभयो। नागरिकता सम्बन्धि विधेयक मधेशलाई मात्र होइन, सिंगो देशलाई नै चाहिएको ठाकुरले बताउनुभयो। वर्तमान अवस्थामा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र प्रतिपक्षी नेकपा एमाले सैबसँग मित्रवत् सम्बन्ध रहेको उहाँले प्र्रष्ट पार्नुभयो। समग्रमा मधेश आन्दोलनका माग एवम् मुद्दालाई सरकार र शीर्ष राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्नेमा उहाँँले जोड दिनुभयो।
काठमाडौं, असार १२ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभएको छ। उहाँले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिनुभयो। राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धिसँगै यस क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालिएको र गुनासा तत्काल सम्बोधनको व्यवस्था गरिएको स्पष्ट गर्नुभयो। तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याई पीडित श्रमिकलाई राहत दिइएको, वैदेशिक रोजगार हेर्नेगरी अलग्गै प्रहरी युनिट खडा गर्ने तयारी भएको, पीडितलाई क्षतिपूर्ति दिनेक्रम जारी रहेको अवगत गराउनुभयो। उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख २१ हजारको रोजगारी सिर्जना गरिएको, सामाजिक सुरक्षा कार्यक्रममा वृद्धि हुँदै गएको, युवाको सीप सिकेर रोजगारमा जानेको सङ्ख्या वृद्धि हुने र मन्त्रालयको सेवा प्रवाहमा सुशासन तथा सुधारको क्रम वृद्धि हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो। सभाको आगामी बैठकमा बाँकी रहेका मन्त्रालयगत विभिन्न शीर्षकमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ। सभाको अर्को बैठक यही असार १३ गते सोमबार बिहान ११ बजे बस्नेछ। रासस
धान रोपाइँको समयमा रासायनिक मलको अभाव भएपछि सिरहाका किसानहरु सहज रुपमा मलखादको आपूर्तिको माग गर्दै सडक प्रदर्शनमा उत्रेका छन् । गहुँ र चैते धानको समयमा रासायनिक मलको आपूर्ति हुन नसक्दा मार खाएका किसानलाई धान रोपाइँको समयमा पनि रासायनिक मलको अभाव भएपछि सम्बन्धित निकाय र सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको अखिल नेपाल किसान महासंघका सिरहा इन्चार्ज रामकुमार साहले बताउनुभयो ।
जिल्ला समन्वय समिति तनहुँमा सत्तारुढ दलहरुको गठबन्धन उम्मेदवारको विजय सूनिश्चित भएको छ । गठबन्धनको मात्रै उ्रम्मेदवारी परेपछि जीत निश्चित भएको हो । नौ सदस्यीय समितिका लागि नेपाली कांग्रेसले प्रमुख र पाँच सदस्य गरी ६ जना र माओवादी केन्द्रबाट उपप्रमुख र दुई सदस्य गरी तीन जनाको उम्मेदवारी परेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले रुस र युक्रेनबीचको द्वन्द्वका कारण देशमा महँगी बढेको बताउनुभएको छ । सर्लाहीमा आइतबार उद्योग वाणिज्य सङ्घ लालबन्दीको आठौँ वार्षिक साधारण सभा एवम् अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले अधिकांश बस्तु आयात हुने दुई मुलुकबीच द्वन्द्व बढ्दा यहाँका नागरिक मङ्गीको चपेटामा परेको बताउनुभयो । रुस–युक्रेन द्वन्द्वले मुलुकको अर्थतन्त्रमा अहिले गम्भीर धक्का पुगिरहेको उहाँको भनाई छ ।
आजै आधा घन्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको हो।
राष्ट्रिय सभाको अर्को बैठक सोमबार बस्ने भएको छ।