• १९ असार २०८१, बुधबार

लोसपा र लोक दलबीच पार्टी एकता

blog

काठमाडौं, असार १२ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र कौशल सिंह नेतृत्वको लोक दलबीच पार्टी एकता भएको छ। काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा लोसपा र लोक दलबीच पार्टी एकता घोषणा कार्यक्रम भएको हो। 

कार्यक्रममा बोल्नुहुदै लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेस एवम् थारु आन्दोलन, सामाजिक तथा जातिय विभेद लगायत समसमायिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभयो।

दोस्रो संविधानसभाबाट नेपाल बहुराष्ट्रिय राज्यको परिभाषासहित जुन संविधान बन्यो, सहमतिका विषय कार्यान्वयन हुन नसकेको बताउनुभयो। थरुहट, टीकापुर लगायतका आन्दोलनमा कडाइका साथ दमन भएको र यसका मुद्दाहरु अहिले पनि चलिरहेको उहाँले भन्नुभयो। 

नागरिकता सम्बन्धि विधेयक मधेशलाई मात्र होइन, सिंगो देशलाई नै चाहिएको ठाकुरले बताउनुभयो। वर्तमान अवस्थामा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र प्रतिपक्षी नेकपा एमाले सैबसँग मित्रवत् सम्बन्ध रहेको उहाँले प्र्रष्ट पार्नुभयो। 

समग्रमा मधेश आन्दोलनका माग एवम् मुद्दालाई सरकार र शीर्ष राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्नेमा उहाँँले जोड दिनुभयो।