विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आजै आधा घन्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।
काठमाडौं, असार १२ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजनीमा दिनुभएको छ। आइतबार प्रतिनिधिसभा संसद्को बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको बताउनुभयो।“शुक्रबारको पोलिट्ब्यूरो बैठकमा नै ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ। यसको १५ मिनेट अगाडि नै समयभित्र राजीनामा दिएँ”, आलेले बताउनुभयो।मन्त्रालय अन्तर्गत उठेका जवाफ फर्काउन परेकोले पार्टीको निर्णय कार्यान्वयनमा केही समय लागेको र अब आफ्नो दायित्व पूरा भएको उहाँले उल्लेख गर्नुभयो। “पार्टीले सांसद बनाउने, मन्त्री बनाउने र निर्देशन बमोजिम फिर्ता हुने हो, निर्णय स्वीकार्य छ। पहिलो चरणमा बजेटको सेसन चलिरहेकोले जवाफ दिएर फर्कने भएकाले”, उहाँले आफ्नो कार्यकालमा राम्रो काम गरेको दाबीसमेत गर्नुभयो।राजीनामा पार्टीमा दिइसकेको र सम्बन्धित पत्र पार्टीले सरकारसमक्ष पठाइसकेको उहाँको भनाइ छ।
मदन भण्डारी फाउन्डेशनले जननेता मदन भण्डारीको जन्मोत्सवको अवसरमा हरेक वर्ष दिँदैआएको पुरस्कार यस वर्ष राष्ट्रिय पुरस्कारबाट दुई जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । समाजमा सिर्जनात्मक काम गरी अरुलाई उत्प्रेरित गर्ने व्यक्ति र संस्थालाई फाउन्डेशनले सो पुरस्कार प्रदान गर्दैआएको छ ।
काठमाडौं, असार १२ गते। प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राख्नुभएको छ। अमृता थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी सङ्घीय संसदलाई पूर्णता दिन माग गर्नुभएको छ। आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खाली भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरेर सङ्घीय संसदलाई पूर्णता दिन माग गर्नुभएको हो। उहाँले यसपालिको स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानुन संशोधन गरेर भए पनि खाली ठाउँमा जनप्रतिनिधिको सङ्ख्यालाई पूर्णता दिने व्यवस्था गर्न पनि माग गर्नुभयो।प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले गत कार्तिक ३० गते बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घर अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गर्नुभयो। उहाँले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गर्नुभयो। प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिकसरह कष्टकर जीवन बाँच्नुपरेको बताउनुभयो।उहाँले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गर्नुभयो। प्रतिनिधिसभा सदस्य कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचार आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत जेठ १४ गते बजेट तयारीमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको हस्तक्षेप भएको भन्दै उहाँले अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गर्नुभयो।प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले सांसदलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गर्नुभयो। उहाँले नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गर्नुभयो।प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाइ हुनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले बजारमा महँगी बढेकाले बजारमा हुने कालोबजारी र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको आरोप लगाउनुभयो। सङ्गीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उहाँले सरुवा बदर गर्न माग गर्नुभयो। उहाँले महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामा माग गर्नुभयो।प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गर्नुभयो।उहाँले सरकारले सुशासनको प्रत्याभूति हुनेगरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभूति हुनेगरी काम हुनुपर्ने धारणा राख्नुभयो।
प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राख्नुभएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडा र स्टकल्यान्डमा हुने क्रिकेट सिरिजका लागि आइतबार नेपाली खेलाडी टोलीको घोषणा गरेको छ ।
राष्ट्रिय सभा बैठक [प्रत्यक्ष प्रसारण]
वैवाहिक जीवनको वास्तविक अर्थ के हो ? विवाह गर्दा हेरेर गर्ने कि रोजेर गर्ने भन्ने जस्ता प्रश्नको जवाफ निर्देशक राज मेहताको पारिवारिक तथा कमेडी चलचित्र ‘जुग जुग जियो’मा पाइन्छ । वर्षौंदेखि बलिउडमा विवाह र सम्बन्ध विच्छेदजस्ता सामाजिक विषयलाई लिएर चलचित्र बनिरहेका छन् ।
नेपाली कांग्रेसको दुई वटा भ्रातृ सङ्घ संशाेधित विधानबाट म्याद समाप्त भएपछि स्वतः विघटन भएको छ । विघटन भएको नेपाल किसान संघ र नेपाल आदिबासी जनजाति संघलाई पुनःगठन गरेको छ ।
न्यायालय कामचलाउ अवस्थामा छ। यो अवस्थामा भ्रष्टाचार मौलाउने अवसर छ। अहिले भ्रष्टाचारको राम्रो अवसर देखिन्छ। टेप प्रकरण यसकै उत्पादन हो।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गतेसम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ आयोजना हुने भएको छ । आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरुमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चनका लागि तयारी अवस्थामा रहेका छन् । नाट्य उत्सव आइतबारबाट कुञ्ज थिएटर थापागाउँमा ७ दिनसम्म चल्नेछ ।
राजन सिलवालको लघुकथा ‘बाको कोट’ लोकार्पण भएको छ । साहित्यकार एवं सचिव श्यामकुमार भट्टराईले पुस्तकमा समेटिएका कथाले समाजशास्त्रका विद्यार्थीलाई अहिलेको समाज बुझ्न सहयोग हुने बताउनुभयो । तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले तथ्याङ्कको क्षेत्रमा कार्यरत लेखक सिलवालले समाजलाई नियालेर रचना गरी पुस्तक सार्वजनिक गर्नु गौरवान्वित गर्ने विषय हुन् भन्नुभयो ।
दर्जनौँ पुस्तकका लेखक आदरणीय डा. तारानाथ गुरुको जीवनकाल (१९९१–२०७८) मा प्रकाशित सिर्जनात्मक पुस्तकमध्ये अन्तिम पुस्तकको नाम हो ‘चरी भरर’ । त्यस दिन यो पुस्तक उपहार स्वरूप मेरो हातमा थमाउनुअघि शान्ता शर्माले यसको रचनागर्भबारे सविस्तारमा बताउ“दै लेखकीय पृष्ठमा रहेको मुटुमा सञ्चित मायाको कोसेली शीर्षक पाठ ‘आफैँ पढेर सुनाउँछु’ भन्दै पाना त पल्टाइन् तर सात आठ हरफभन्दा अगाडि बढ्न सकिनन् उनी । पढ्दापढ्दै बीचैमा अनायासै भावविह्वल हुन पुगिन् । गला अवरुद्ध भयो, आँसुले पूरै भिज्यो आ“खा, भक्कानो फुट्यो उनको । त्यो परिस्थितिले मलाई पनि स्तब्ध पारिदियो । एकछिनभरि म केही बोल्न सकिन“, केही सोध्न सकिन“ । मात्र मौन भएर पढिरहे“ उनको त्यो विदीर्ण अनुहार र भिजेका आ“खाहरू, जहा“ साहित्यकार पतिप्रतिको उनको अथाह प्रेम र श्रद्धाभाव छचल्किरहेको थियो । सँगसँगै पतिको भौतिक अवसानले शून्य बन्न पुगेको उनको एक्लो जीवनको अत्यास र उच्चाट पनि उस्तैसित त्यहा“ प्रतिध्वनित भइरहेको प्रतीत हुन्थ्यो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोरएरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भई सकेको बताउनु भएकोछ ।
तम्घास, असार १२ गते । तम्घासमा सुबिधा सम्पन्न पुस्तकालय भवनको उद्घाटन भएको छ । शनिवार नवनिर्मित किरण पुस्तकालयको भवन उद्घाटन भएकाे छ । पुस्तकालयलाई थप ब्यबस्थित बनाउनका लागि थप बजेटको ब्यबस्थान गर्न आफूले पहल गर्ने भन्दै पुस्तकालयलाई आधुनिक बनाउदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । बर्तमान समयमा पुस्तकालयलाई ब्यबस्थित बनाउँदै लगेमा सूचना तथा सञ्चारको भूमिका समेत पुस्तकालयले निर्वाह गर्ने उहाँको भनाई छ । कार्यक्रममा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरभित्र रहेको पुस्तकालयलाई ब्यबस्थित र प्रभावकारी बनाउनका लागि नगर सधै साथमा रहेको बताउनुभयो । उहाँले नगरको नीति तथा कार्यक्रममा समेत समाबेस गरी अगाडि बढेकाले कुनै कमि हुन नदिने उद्घोष गर्नुभयो ।राष्ट्रिय पुन निर्माण प्राधिकरणको भ्याट वाहेक दुई करोड ९१ लाख ५२ हजार १७३ रुपियाँको लागतमा चार तले सुबिधा सम्पन्न भवन निर्माण भएको हो । २०५५ सालमा स्थापना भएको किरण पुस्तकालयले विगत लामो समयदेखि पाक्षिक रुपमा हाम्रो पुरुषार्थ नामक पुस्तक प्रकाशनमा ल्याउँदै आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जानकारी दिनुभयो ।