• १२ वैशाख २०८१, बुधबार

क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि नेपाली टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १२ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडा र स्टकल्यान्डमा हुने क्रिकेट  सिरिजका लागि आइतबार नेपाली खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । 

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिजको तयारीका लागि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपालले जुलाई ४ र ५ तारिख क्यानडासँग सिरिज खेल्न लागेको हो । नेपाली टोली मङ्गलबार क्यानडा जानेछ । क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय विश्वकप लिग–२ सिरिज खेल्न स्कटल्यान्ड जानेछ । 

क्यानले घोषणा गरेको नेपाली टोलीको उपकप्तानमा रोहित पौडेल हुनुहुन्छ । टोलीमा दुई जना नयाँ अनुहार बाहेक अमेरिका भ्रमणमा रहेका खेलाडीको नै बाहुल्य रहेको छ । यसपटक पवन सर्राफ र वासिर अहमदले मौका पाउनुभएको छ । सागर ढकाल र सुसन भारीलाई आराम दिइएको छ ।  लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । 

नेपाली टोली 

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी ।