शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असार १२ गते। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार साँझ औपचारिकरुपमा बिदा हुनुभएको छ। मन्त्रालयमा “फेरि भेटौंला” कार्यक्रम आयोयजना गर्नुहुँदै झाँक्री आठ महिना २० दिनको कार्यकालपछि बिदाई हुनुभएको हो।
“सहयोग गर्ने सचिव, समग्र टिमप्रति धेरै धन्यवाद दिन चाहन्छु, काम गर्दै जाउला, सल्लाह, सुझाव दिने साथीहरु, मन्त्रालयको टिमलाई धन्यवाद दिन्छु”, उहाँले भन्नुभयो।
बिदाई कार्यक्रममा भावुक बन्नुहुँदै झाँक्रीले पार्टीबाट निर्णय गरेर मन्त्री भएको तर पार्टीमा केही समयपछि साथीहरुले दिन गन्ती गर्न थाल्नुभएको गुनासो पोख्नुभयो। मन्त्री हेरफेरको विषय मिडियाबाट थाहा पाउनुपरेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो।
झाँक्रीको नेतृत्वमा गरेका काम, कारबाही मन्त्रालयले सार्वजनिक गरेको छ।