११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौं महानगरपालिका टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्य पदिक सहित समग्रमा टिम च्याम्पियन बनेको हो ।
नेपाली राष्ट्रिय टोलीका कप्तान नवयुग श्रेष्ठ र भरत खवास पाँचौ नेप्लिज अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको छ ।
बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा फरक फरक रूपमा भएको अनियमितताका विरुद्धमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकविरुद्ध एउटै आयोजनामा अनियमितता गरेकोमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
त्रिपुरासुन्दरी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले १६ लाख रुपियाँ लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।त्रिपुरासुन्दरी नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई अस्पतालमा पु-याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ ।
काठमाडौँकी गुह्येश्वरी र कामरूपकी कामाख्या (कामाक्षा) उत्तिकै पौराणिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महìवका केन्द्रबिन्दु हुन् । पशुपतिनाथ–विश्वनाथ, अयोध्या–जनकपुर, लुम्बिनी–सारनाथजस्तै गुह्येश्वरी र कामाख्याबीच शाक्त सर्किट (शाक्त परिक्रमापथ) बनाउन सके यसले दुवैतिरका पुरासम्पदाको महìव विस्तारमा अभूतपूर्व योगदान पु-याउने छ ।
सरकारले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सबै सरोकारवाला निकायसहितको एकीकृत योजना सार्वजनिक गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी नियन्त्रण गर्न एक्लो विभागको सीमित जनशक्तिबाट मात्रै सम्भव नहुने भएकाले सम्पूर्ण सरोकारवाला निकाय जिम्मेवार भएर अहिलेको अवस्थालाई सुधार गर्ने उद्देश्यले एकीकृत योजना सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन २०७९ ऐतिहासिक रुपले सफल भएको बताउनुभएको छ । सबैको अथक प्रयास र सहयोगले निर्वाचन सफल भएको उहाँको भनाई छ ।
सातादेखि लगातार परेको पानीले सप्तरीका विभिन्न क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । कञ्चनपुर– कमला चारलेन सडक निर्माणको जिम्मा पाएको कम्पनीले पानी निकासी बन्द गर्दा सडकभन्दा उत्तरी क्षेत्रका दर्जनौं बस्ती जलमग्न भएको हो ।
भुटानी मूलका अमेरिकन नागरिक नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘द हिमालयन’ गायनका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा लोकार्पण भएको छ । जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी प्राध्यापक अनुपमा रेग्मीलगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो । पुस्तकको अङ्ग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको हो ।
कर्णाली प्रदेशमा पोषण सुधार अपेक्षित रूपमा नभएकाले तीनै तहका सरकार संवेदनशील भएर लगानी बढाउनुपर्ने धारणा सरोकार पक्षले व्यक्त गरेका छन् ।प्रदेश योजना आयोगद्वारा बुधबार आयोजित छलफलमा कर्णाली प्रदेशमा पोषण सुधारका लागि लगानी बढाउनुपर्ने बहुक्षेत्रीय पोषण योजनासम्बन्धी कार्यक्रममा सहभागीले सुझाव दिएका छन् ।
शिशुबच्चालाई खुवाउन तयारी गरिएको सर्वोत्तम प्रिमियम लिटोको प्याकेटभित्रै कीरा फेला परेको छ । महोत्तरीको वर्दिवास –१ नेमिसा फार्मेसीबाट खरिद गरिएको सर्वोत्म प्रिमियम लिटोको प्याकेट भित्र किरा फेला परेको हो ।
निरन्तरको वर्षासँगै उदयपुरको कटारी नगरपालिका वडा नं १० तिल्केचौर गाउँको बस्ती भन्दा दुईसय मिटर माथिको जमिन धाँजा परेर भासिन थालेपछि त्यहाँका १७ घर परिवार उच्च जोखिममा परेको कटारी नगरपालिका वडा नं १० का वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो ।
पहिरोले क्षतिग्रस्त नाम्खा गाउँपालिका–५, तुम्कोटगाउँ फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण भएको छ ।स्थानीय उपभोक्ता ल्यान्ड तामाङ लामाका अनुसार गत वर्षको पहिरोले क्षति पुगेको सो खानेपानी योजना पुनर्निर्माणपछि घरघरका धारा सञ्चालनमा आएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले गर्दा मदन भण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध भएको छ । उदयपुरको त्रियुगा नगरपलिका वडा नम्बर ७ झोलुङ्गे पुल नजिक पहिरो खस्दा मङ्गलवार राती देखि मदनभण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध बनेको हो ।
प्रत्येक वर्ष बेरुजु बढिरहेकाले वित्तीय अनुशासनका लागि त्यसको फस्र्योट हुनुपर्नेमा जोड दिइएको छ । महालेखा परीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा बढ्दो बेरुजु राज्यको वित्तीय स्वास्थ्यका लागि समस्या हुने भएकाले त्यसको फस्र्योटमा सरोकारवाला सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फस्र्योटलाई अभियानकै रूपमा लैजानुपर्ने सुझाव दिनुभयो । “आगामी आर्थिक वर्षदेखि बेरुजु नहुने गरी आर्थिक अनुशासनमा सबैको ध्यान जानुपर्छ,” उहाँले भन्नुभयो ।