• ७ वैशाख २०८१, शुक्रबार

नवयुग र भरतले अमेरिकामा खेल्ने

blog

काठमाडौं, असार १६ गते । नेपाली राष्ट्रिय टोलीका कप्तान नवयुग श्रेष्ठ र भरत खवास पाँचौं नेप्लिज अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको छ ।

हालै एसिया कप छनोटमा नेपाली टोलीको कप्तानी गर्नुभएका श्रेष्ठ र आर्मीका कप्तान भरत खवासले उक्त प्रतियोगितामा लस एन्जलस (एलए) टोलीबाट खेल्ने आर्मी क्लबले जनाएको छ । श्रेष्ठ र खवास दुवै जना स्ट्राइकर हुनुहुन्छ ।

पछिल्लो समय खवास राष्ट्रिय टोलीमा हुनुहुन्न । श्रेष्ठले भने एसिया कपमा नेपाली टोलीका नियमित कप्तान किरण चेम्जाेङसहित राष्ट्रिय टोलीका ११ खेलाडीलाई एसिया कप छनोटमा समावेश नगरिएपछि किरणको स्थानमा कप्तानको जिम्मेवारी पाउनुभएको थियो । एसिया कप छनोटमा नेपालले समूहको तीन वटै खेलमा हार खेपेको थियो । नेप्लिज अमेरिका कन्भेन्सन फुटबल प्रतियोगिता जुलाईमा हुनेछ ।