• ४ वैशाख २०८१, मङ्गलबार

ठेकेदारका गल्तीले सप्तरी जलमग्न, जनजीवन प्रभावित

blog

सप्तरी, असार १६ गते । सातादेखि लगातार परेको पानीले सप्तरीका विभिन्न क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । कञ्चनपुर– कमला चारलेन सडक निर्माणको जिम्मा पाएको कम्पनीले पानी निकासी बन्द गर्दा सडकभन्दा उत्तरी क्षेत्रका दर्जनौं बस्ती जलमग्न भएको हो । 

अविरल वर्षाका कारण सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकको दर्जनौं घर डुबानको खतरामा परेको छ । पुल तथा कल्भर्टहरु बन्द हुँदा स्थानीय बद्रा खोलाको बाढी बस्ती पसेको स्थानीयहरुले बताएका छन् । बुधबार बिहानदेखि लगातार परेको पानीले बद्रा खोलामा बाढीको बहाव बढेको छ, स्थानीय रामी यादवका अनुसार सडक विभागले सधै पानी निकासी हुने कल्भर्ट थुनेर माटो भरेर बाँध उठाएर छाड्ने गर्दा डुबान हुने गरेको छ । पानी बाहिरिने कुनै विकल्प छैन, केही घरहरुमा पानी पसिसकेको उहाँले बताउनुभयो । यस्तै गतिमा अविरल वर्षा हुने हो भने तीन दर्जनभन्दा बढी घरमा बाढी पस्ने खतरा छ ।

त्यस्तै सप्तरीको त्रियुगा, महुली, पारामार, जिता, खाँडौ, बलान लगायतको खोलामा आएको बाढीको कारण जनजीवन प्रभावित भएको छ । त्यसै गरी तिलाठी कोइलाडी गाउँपालिकाको राजविराज भन्सार कार्यालयस्थित राजविराज–कुनौली  सडक अवरुद्ध भएको छ ।

Author

देवरामप्रसाद यादव