देशभर आज मौसम आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज मौसम सामान्य बदली भई देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।
तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको पहिलो अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको छ । कार्यसमितिको अध्यक्ष आशमान वाइबा, वरिष्ठ उपाध्यक्ष ध्रुव सिंह तामाङ, उपाध्यक्ष अनिता नेगी तामाङ, उपाध्यक्ष राजकुमार मोक्तान, महासचिव दावा फिन्जो तामाङ, सचिव करण तामाङ, सहसचिव हिरोज लोप्चन तामाङ, कोषाध्यक्ष सुस्मिता घलान, सह कोषाध्यक्ष राखिन्द्रकुमार तामाङ चयन हुनुभएको हो ।
देशका ७७ जिल्लामध्ये ७६ जिल्ला समन्वय समितिको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३४ जिससमा प्रमुख जितेको छ । नेकपा (एमाले) २० वटा जिल्लामा प्रमुख जितेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा भने स्थानीय तहको पुनः निर्वाचन गर्नुपर्ने भएकाले जिससको निर्वाचन हुन सकेको छैन ।
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–७ का ८० बर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगका रूपमा विकास गर्दैै ७७ वटै जिल्लामा चलचित्र छायाङ्कनस्थल बनाउन सकिने बताउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच एउटै पार्टीमा नरहने सहमति भएको छ । त्यसैअनुसार जसपा केन्द्रीय समितिको बैठक यही असार २७ र २८ गते वीरगञ्जमा आयोजना हुने भएको छ ।
कर्णाली नदी छेउछाउका होटेल व्यवसायी र पैदल यात्रुु बर्खाको कर्णाली नदीको धमिलो पानी पिउन बाध्य हुँदै आएका छन् । स्वच्छ खानेपानीको ब्यवस्था नहुँदा अन्य बिकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी खानुु पर्ने बाध्यता आई लागेको हो ।
गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक भएको छ । उहाँको ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक भएको हो । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान देखिनुभएको छ । गीतमा उहाँकै स्वर, शब्द र सङ्गीत रहेको छ भने भिडियोको निर्देशक प्रवीण सिंहले गर्नुभएको हो । गीतको भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन र हरि हुमागाईंको रहेको छ ।
अहिले नेपाली चलचित्रप्रति धेरैको लगाव बढेको छ । प्रायः दर्शक रोजी रोजी चलचित्र हेर्न रुचाउँछन् । जोरपाटी बस्ने अक्कल शर्मा चलचित्र हेर्न धेरै नै सौखिन छन् । चलचित्रमा समसामयिकता समेटिएका हुन्छन्, जुन धेरै राम्रो पक्ष हो तर नेपाली चलचित्रहरू राम्रो बने पनि कथामा भने खासै परिवर्तन नदेखिएको उहाँ दाबी गर्नुहुन्छ । चलचित्रहरूको कतिपय कथावस्तु राम्रो भए पनि त्यसको प्रस्तुति भने खासै राम्रो हुँदैन । चलचित्रको ट्रेलर हेर्दा वाह ! लागे पनि हलसम्म पुगेर पूरा चलचित्र हेर्दा त्यो झुर नै लाग्छ । नेपाली चलचित्रको प्रभाव बितेको एक दशकमा बढे पनि दर्शकमा नाक खुम्च्याउने बानी अझै हटेको छैन ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित विश्वास कार्कीले पालिकालाई तरकारी, दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुने गरी काम गर्ने बताउनुभएको छ । किसानको उत्थान हुने आलु, प्याज, लसुन, बेसार, अन्डा र मासुजन्य जस्ता वस्तुमा आत्मनिर्भर तुल्याउने गरी काम गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रोत्साहनस्वरूप किसानलाई उत्पादनको आधारमा पालिकाले अनुदान दिने व्यवस्था मिलाउँछु । खेतीका लागि आवश्यक सिँचाइ, मललगायतमा सहजीकरण गर्दै बजारीकरणको पनि बन्दोबस्त मिलाइनेछ ।”
ग्लोबल आईएमई बैङ्क लिमिटेडले कर्णाली प्रदेशको डोल्पाको दुनै बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुनैमा नयाँ शाखा स्थापनासँगै बैङ्कको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैङ्क बनेको दाबी सो बैङ्कले गरेको छ ।
अक्करे भीरमा खसेको पहिरोले तीन जिल्लाका यात्रुलाई सास्ती दिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, वाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका यात्रुले सास्ती खेप्नुपरेको छ ।
कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन् । पछिल्लो समय महामारीको असर कम भएलगत्तै पर्यटकीय गतिविधि बढेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन् ।
ङमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाईते भएका छन् । बिहीबार बेलुकी पौने ९ बजेतिर घोराही उपमहानगरपालिका–७ बेसाही नजिकै सौडियारतिरबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २२९२२ नम्बरको मोटरसाईकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रदेश सभाको बहुमतबाट पारित भएको छ । अब प्रदेश सरकारलाई आगामी साउन १ गतेबाट बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएको विनियोजन विधेयक २०७९ बहुमतले र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत गरेको थियो ।