• १८ फागुन २०८१, आइतबार

सतहत्तरै जिल्लामा ग्लोबल आईएमई

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १७ गते । ग्लोबल आईएमई बैङ्क लिमिटेडले कर्णाली प्रदेशको डोल्पाको दुनै बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुनैमा नयाँ शाखा स्थापनासँगै बैङ्कको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैङ्क बनेको दाबी सो बैङ्कले गरेको छ ।

बैङ्कले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैङ्किङ सेवा, ५१ एक्स्टेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको सो बैङ्कले जनाएको छ ।