• ८ वैशाख २०८१, शनिबार

निःशुल्क एम्बुलेन्स सुरु

blog

डोल्पा, असार १६ गते । त्रिपुरासुन्दरी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले १६ लाख रुपियाँ लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।त्रिपुरासुन्दरी नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई अस्पतालमा पु-याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवाको नगरप्रमुख जनचन्द्र रोकाया, जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया, जिल्ला अदालतका न्यायाधीश केशवराज चपाई र प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले संयुक्त रूपमा बुधबार उद्घाटन गर्नुभयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलका अनुसार ठूलीभेरीमा नवनिर्मित बेलिब्रिज पुलमा एम्बुलेन्स गुडाएर उद्घाटन गरिएको थियो ।नगरप्रमुख रोकायाले पालिकासहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताउनुभयो । त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलिब्रिज पनि सञ्चालनमा आएको छ ।