• ११ वैशाख २०८१, मङ्गलबार

सर्वोत्तम लिटोको प्याकेटमा कीरा

blog

सर्वोत्म लिटोको प्याकेटमा फेला परेको किरा । तस्वीर: महेशकुमार दास

जलेश्वर, असार १६ गते । शिशुबच्चालाई खुवाउन तयारी गरिएको सर्वोत्तम प्रिमियम लिटोको प्याकेटभित्रै कीरा फेला परेको छ । महोत्तरीको बर्दिवास –१ नेमिसा फार्मेसीबाट खरिद गरिएको सर्वोत्म प्रिमियम लिटोको प्याकेटभित्र कीरा फेला परेको हो । 

स्थानीय मनोज महतोले बच्चालाई खुवाउनका लागि नेमिसा फार्मेसिबाट लिटोको प्याकेट खरिद गरी लगेको र प्याकेट खोल्दा त्यसमा कीरा फेला परेको बताउनुभयो । “सर्वोत्तम प्रिमियम उल्लेख गरिरएको लिटोको प्याकेटभित्र खोलेर हेर्दा कीरा फेला पर्यो, उहाँले भन्नुभयो । चौधरी गु्रपले दुहबी सुनसरीबाट प्याकेजिङ गरेर बजार पठाएकोे लिटोमा कीरा फेला परेको हो । कम्पनीको कमजोरीले साना बालबच्चाको स्वास्थ्यमाथि खेलवाड गर्न खोेजेको भन्दै प्रहरी प्रशासनसँग कारवाहीको माग गरेको छ ।  


लिटाेमा कीरा भेटिएपछि विक्रेता फार्मेसीमा चेकजाँच गरिदैं ।

उपभोग गर्ने म्याद अझै पनि बाँकी नै थियो । सन् २०२२ मे मा प्याकिङ गरेको लिटोको प्रयोग मिति २०२३ अप्रिलसम्म छ । प्रयोग गर्ने समय बाँकी रहँदै लिटोको प्याकेटभित्र कीरा भेटिएकाले यस बारे छानबिन हुने  इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख सन्देश अधिकारीले बताउनुभयो । कम्पनी र फार्मेसीमा रहेको यसै कम्पनीका अन्य लिटोका प्याकेट पनि हामीले नियन्त्रणमा लिई शिलबन्दी गरेका छौं । खाद्य गुणस्तर चेकजाँच गरेर कारवाही प्रक्रिया अगाडि बढाउँछौं ।’, उहाँले भन्नुभयो । 

घटना बारे जानकारी पाए लगतै स्थानीय प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिको टोलीले गुणस्तरहीन लिटोको प्याकेटलाई जफत गर्न विक्री गर्ने फार्मेसी पुगेका थिए । इलाका प्रशासन कार्यालयका प्रमुख सन्देश अधिकारी, इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावल र बर्दिबास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भोला खड्कासहितको टोली फार्मेसीमा पुगेर खानतलासी गरेका थिए ।

Author

महेशकुमार दास