वनका ठूला र अग्ला रुख मासिएपछि अचेल वनमौरी (स्थानीय भाषामा ‘घारे’ वा ‘खाँगमौरी’) बिरलै देखिन थालेको छ। अनधिकृत रूपमा वनजङ्गल फडानी गरी बस्ती बसेपछि अग्ला रुख मासिँदै आएका छन्। तस्करले वनका ठूला र अग्ला रुख कटान गरी चोरी निकासी गर्नाले बास स्थान नै नभएर वनमौरी कम देखिन थालेको हो। वनमौरीले घार बनाउन रुचाउने वनका ठूला र अग्ला रुख मासिएपछि ती प्रजातिको मौरी सहर बजारको अग्ला पानी ट्याङ्कीमा वा घरको ‘टप’ तल बसेको देखिन्छ।
विराटनगर–६, ब्रह्मपुरामा रहेको ल्यान्डफिल्ड साइट चौबिसै घण्टा धुवाँइरहन्छ। महानगरपालिकामा उत्पादन भएको फोहोर डम्पिङ गर्ने ल्यान्डफिल्ड साइटमा साधारण मात्रै नभई अस्पतालका सिरिन्ज र सिसीदेखि रगत लत्पतिएका कपडासमेत जल्ने गरेको छ। अस्पतालजन्य फोहोर सङ्कलन गरेर आगो लगाउने गरिएको स्थानमा मङ्गलबार विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीसहितको टोलीले निरीक्षण गरेको छ। त्यस क्रममा विराटनगरका अस्पतालको फोहोरसमेत सङ्कलक कम्पनीले पैसा लिएर त्यहाँ पु-याउने गरेको देखिएको हो।
वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानवता सेवा गरेका आधारमा बहराइनको उच्च अवार्ड प्रदान गरिने भएको हो । बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो। प्रकाशित कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका ४८ जनाको शव काठमाडौँ ल्याई पोस्टमार्टम सुरु गरिएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शवको पोस्टमार्टम थालिएको जानकारी दिँदै शव पूर्ण रूपमा जलेको हुनाले पोस्टमार्टम गर्न समय लाग्ने बताउनुभयो। काठमाडौँमा पोस्टमार्टम गर्न ल्याइएका शव आफन्तले समेत चिन्न सक्ने अवस्थामा छैनन्।
दुबई उठानद्वारा काठमाडौंबाट दुबई हुँदै क्रोएसिया जान लागेका २१ जनाबाट प्रहरीले ५१ हजार ३५० युरो बरामद गरेको छ ।
यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका १ जनाको मात्रै अवस्था अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका २ जनाको खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको छ ।
मधेश प्रदेश सभाको उप सभामुखमा जनमत पार्टीका प्रदेश सभा सदस्य बबिता कुमारी राउत ईशर बहुमतले निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा सत्ता पक्षबाट नेकपा (एमाले) का कोइलीदेवी चौधरी निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक विषयहरूमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ । मंगलबार अपराह्न बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो ।
तनहुँ जिल्ला अदालतले कलकार पल शाह विरुद्धको बलत्कारको मुद्दा माथि सफाइ पाउनुभएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाईका क्रममा सफाइ पाउनुभएको हो ।
मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल बहुमतले निर्वाचित हुनुभएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा सहभागी १०३ जना सदस्य मध्ये सभामुखका लागि भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको थियो ।
सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रवनारायण यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैचा ८ गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ ।
ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिलबहादुर कदङ्गवाको जोडी तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।