जनजाति समुदायको पुख्र्यौली नृत्यको संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउने उद्देश्यले बेनीमा पुख्र्यौली नृत्य प्रतियोगिता गरिएको छ। बेनीमा जारी सातौँ म्याग्दी महोत्सवका अवसरमा पुख्र्यौली नृत्य प्रतियोगिता गरिएको हो। नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको पुख्र्यौली समूह विजयी भएका छन्। प्रतियोगितामा विभिन्न चार समूहले सहभागिता जनाएकामा कालफडाँडाको पुख्र्यौली समूह प्रथम हुन सफल भएका हो।
माटो वैज्ञानिक डाक्टर सुश्री डा. दिव्यलक्ष्मी वज्राचार्यको जीवनी ‘माटो मैयाँ’ सार्वजनिक भएको छ। माटो विभाग प्रमुख नार्कका डाक्टर श्रीप्रसाद विष्टले माटो वैज्ञानिक डाक्टर वज्राचार्यको पुस्तक ‘माटो मैयाँ’को लोकार्पण गर्नुभएको हो। उहाँले जन्मेदेखि मृत्य नहुन्जेलसम्म माटोसँगै मानिसको दैनिकी जोडिने र यसको महत्वलाई अझै पुस्तकबाट उजागर गर्ने अवसर मिलेको बताउनुभयो।
मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डङ्गोलले हात पार्नुभएको छ। राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डङ्गोलले ताज आफ्नो नाममा पार्न सफल हुनुभएको हो।
नेपाली सङ्गीत क्षेत्रमा लागेका कलाकारहरूका बारेमा अध्ययन गर्नका लागि धेरै कम पुस्तक छन्। गायिका सरिता भारतीले नेपाली गायिकाहरूको सङ्घर्षको कथा समेटेर नयाँ पुस्तक ‘नारी स्वरका कथा’ हालै बजारमा ल्याउनुभएको छ। शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा १७ जना अग्रज गायिकाको सङ्घर्षको कथा छ। नेपाली सुगम सङ्गीतका बज्यै पुस्ताका ज्ञानु राणा, मीरा राणा, चन्द्रकला शाह, उन्नति बोहरा, हरिदेवी कोइराला, कविता आलेको जीवन सङ्घर्ष र सफलताका कथाहरू यो पुस्तकमा छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरूको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पताललाई निर्देशन दिनुभएको छ ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहणका क्रममा वाणिज्य नीति पुनरवलोकन गर्ने पहिलो निर्णय गर्नुभएको छ । मन्त्री भण्डारीले उत्पादनलाई वृद्धि गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने मूख्य चुनौती रहेको बताउनुभयो । विश्व बजारमा नेपाली सामग्रीलाई प्रतिस्पर्धी बनाई अघि बढाउनुपर्ने मन्त्री भण्डारीले बताउनुभयो । मन्त्रालयमा चुनौतीका चाङ रहेको बताउँदै मन्त्री भण्डारीले साझा मुद्दामा सहमति गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालले चौबिसै घण्टा चिकित्सा सेवा दिन थालेको छ। अस्पतालद्वारा माघ १ गतेबाट सेवा सुरु गरिएको हो। राति उपचार गर्न आउँदा बिरामीले महँगो शुल्क तिरेर अस्पताल बाहिरको निजी ल्याब (प्रयोगशाला) जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सेवा सुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो।
रुकुमपश्चिमका छवटा स्थानीय तहमध्ये चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अगाडि देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सबैभन्दा बढी अङ्क ल्याएर चौरजहारी नगरपालिका प्रथम भएको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको देशभरिका ७५३ वटै स्थानीय तहको कामका आधारमा मूल्याङ्कन गर्ने अनलाइन प्रणालीका आधारमा हुने कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली र स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रणाली पर्छन्। यसअन्तर्गत गत आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणालीमा १०० मा ८७.२५ अङ्क प्राप्त गरी चौरजहारी नगरपालिका जिल्लामा प्रथम भएको हो।
बालबालिकाको शारीरिक तथा मानसिक तवरले स्वाभाविक विकास हुन सके मात्र सर्वाङ्गीण विकास मान्न सकिन्छ । विश्वका कतिपय विकसित मुलुकमा समेत बालबालिकालाई आठ वर्षको उमेरपछि मात्र विद्यालय पठाइने गरिन्छ । तर हामीकहाँ बालबालिकालाई धेरै सानो उमेरमा नै विद्यालय पठाउने होड नै चलेको पाइन्छ । साढे दुई वर्षका बालबालिकालाई आमाको न्यानो काखबाट विमुख गराएर विद्यालय पठाउने प्रवृत्ति नेपाली समाजको विशेषतामा रूपान्तरित भइरहेको अवस्था छ । समाजमा अहिले जसरी भए पनि अर्थोपार्जन गर्ने उद्देश्य रहेकाले विशेषगरी काठमाडाँैं उपत्यकाका नाम चलेका विद्यालयले कक्षा १ मा भर्ना लिन साना बालबालिकाको प्रवेश परीक्षा सञ्चालन गर्ने गरेका छन् । यो वर्षौंदेखि चल्दै आएको छ ।
१. नेपालमा प्रथम ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ कहिले मनाइयो ? वि.सं. २०७९ माघ १ – ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ यो दिवस मनाइएको । – नेपालमा जैविक विविधताअन्तर्गत देशको कुल २४,३०० प्रजातिमध्ये २८ प्रतिशत कृषिसम्बन्धी प्रजाति रहेका, जसलाई कृषि जैविक विविधता भनिन्छ ।
विशिष्टीकरण तालिकाको महत्त्व १. पन्ध्रौँ आवधिक योजनाले पहिचान गरेका योजनाका चुनौती र अवसरहरू उल्लेख गर्नुहोस् । पन्ध्रौँ आवधिक योजना २५ वर्षे दीर्घकालीन सोचसहित तर्जुमा भएको योजना हो । दीर्घकालीन सोच हासिल गर्ने दिशामा पन्ध्रौँ योजनालाई आधार योजनाका रूपमा लिइएको छ । चालू पन्ध्रौँ योजनाले पहिचान गरेका योजनाका चुनौती र अवसर यस प्रकार छन् :
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड छ लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ । चिनियाँ व्यावसायिक कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का पाएको ११४ किलोमिटरको यो सडक सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भइसक्नु पथ्र्याे । हाल एक वर्ष समय थप भए पनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नु परेको यथार्थबीच उपप्रधानमन्त्री श्रेष्ठ आफैँले निर्माण प्रगतिबारे स्थलगत चासो लिनुभएको हो ।
सुर्खेतको बराह ताल गाउँपालिका ७ पोखरी काँडाबाट देखिएको कुहिरोले ढाकेको बाबिया चौरलगायत भेरी नदी आसपासको क्षेत्र । एक साता देखि मौसममा बदली आएसँगै चिसो बढेको छ ।
डोल्पासँग सिमाना जोडिएको रुकुमपश्चिमको विकट गाउँ गोतामकोटमा पहिलो पटक विद्युत् सेवा पुगेको छ। आठबिसकोट नगरपालिका–५, गोतामकोटमा विद्युत् सेवा पुग्दा स्थानीयवासी हर्षित भएका छन्।
छेडागाड नगरपालिका–८, घोगी पजारुमा रहेका प्राचीन चैत्य, गुम्बा, देवलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। निकै आकर्षक र ऐतिहासिक ती देवल संरक्षणप्रति सरोकारवालाले चासो नदिँदा ओझेलमा परिरहेका छन्। १३औँ शताब्दीमा जाजरकोटमा भोटेहरूले शासन गरेको र उनीहरूले नै यी देवल बनाएको जाजरकोटका इतिहासकारहरूको भनाइ छ। जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक चैत्य, गुम्बा, देवलहरू ऐतिहासिक रहेको बताउनुहुन्छ।