• १० मंसिर २०८१, सोमबार

पुस्तकमा गायिकाको सङ्घर्षको कथा

blog

काठमाडौँ, माघ ४ गते । नेपाली सङ्गीत क्षेत्रमा लागेका कलाकारहरूका बारेमा अध्ययन गर्नका लागि धेरै कम पुस्तक छन्। गायिका सरिता भारतीले नेपाली गायिकाहरूको सङ्घर्षको कथा समेटेर नयाँ पुस्तक ‘नारी स्वरका कथा’ हालै बजारमा ल्याउनुभएको छ। शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा १७ जना अग्रज गायिकाको सङ्घर्षको कथा छ। नेपाली सुगम सङ्गीतका बज्यै पुस्ताका ज्ञानु राणा, मीरा राणा, चन्द्रकला शाह, उन्नति बोहरा, हरिदेवी कोइराला, कविता आलेको जीवन सङ्घर्ष र सफलताका कथाहरू यो पुस्तकमा छन्। 

त्यसपछिका पुस्ताका गायिकाहरू सङ्गीता राना प्रधान, इन्दिरा गोले गुरुङ, कोमल वली, कुन्ती मोक्तान, लोचन भट्टराईले नेपाली सङ्गीतको मूलधारमा गायिकाका रूपमा आउँदा गर्नु परेको सङ्घर्ष र त्यसले दिलाएको सफलतालाई पनि पुस्तकमा रोचकपूर्वक प्रस्तुत गरिएको छ। त्यसैगरी गायिकाहरू पवित्रा घर्तीमगर, शर्मिला गुरुङ, निशा देसार, सीता थापा, सत्यकला राई, सरु (धनकुमारी) थापाका कुराहरू पनि पुस्तकमा समेटिएको छ।