सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारका लागि तय भएको दुई उडान रद्द हुँदा यात्रु मारमा परेका छन् । प्रतिकुल मौसमका कारण नेपाल वायुसेवा निगम र सीता एयरलाइन्सको उडान रद्द हुँदा यात्रु मारमा परेका हुन् ।
नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक आज (बुधबार) भएको हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । बुधबार भएको मतदानबाट न्यौपाने उपसभामुख निर्वाचित हुनुभएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदै हुनु हुन्छ । आज (बुधबार) बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका निमित्त सचिव रन्जितकुमार यादवले जानकारी दिनुभयो ।
किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको हो ।
ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ ।
मधेश प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा बुधबार भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई १६ रनले हरायो ।
सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
सुनसरीको बर्जू गाउँपालिका ६ स्थित चिमडीको बर्जुतालमा १२ दिने बर्जू महोत्सव सम्पन्न भएको छ । तालको एक नम्बर गेटमा पुस २२ गतेबाट सुरु भएको बर्जू महोत्सव आज सम्पन्न भएको हो ।
बागलुङ नगरपालिका– ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१४ का ४३ वर्षीय राजु मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले बताउनुभयो ।
मधेश प्रदेश सभाका सभामुखमा रामचन्द्र मण्डल र उपसभामुख बबिता राउत ईशरले बुधबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।