• ८ वैशाख २०८१, शनिबार

मधेश प्रदेश सेमिफाइनलमा

blog

टस गर्दै मधेश र लुम्बिनी प्रदेशका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, माघ ४ गते । मधेश प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा बुधबार भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई १६ रनले हरायो । 

मधेशको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जितका लागि मधेशले दिएको एक सय आठ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९१ रन मात्र बनायो । 

लुम्बिनीको लागि मधु डिसीले अविजित २१ रन बनाउनुभयो । रञ्जु श्रेष्ठले अविजित २१, लक्ष्मी चौधरीले १२, आश्मा पुलामी मगर र कप्तान सरस्वती घर्तीमगरले ११/११ र सरस्वती पुनले १० रन जोड्नुभयो । 

बलिङमा मधेशकी भूमि सिंहले दुई र कविता गौतमले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय सात रन बनाएको थियो । मधेशका लागि साना प्रविनले सर्वाधिक ४६ रन बनाउनुभयो । 

रोजी कडारीले १५ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा लुम्बिनीका मनीषा राना, सरस्वती पुन र विभस्ना बिसीले एक एक विकेट लिनुभयो । सेमिफाइनलमा मधेशले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । अर्को  सेमिफाइनलमा प्रदेश–१ र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।