• १२ वैशाख २०८१, बुधबार

सुरेश र दिलको जोडी फाइनलमा

blog

भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, माघ ३ गते । ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिलबहादुर कदङ्गवाको जोडी तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ । 

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा जारी प्रतियोगितामा सुरेश र दिलको जोडीले एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१७, २१–८ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो । 

अर्को सेमिफाइनलमा नखिपोट युथ क्लबका पुर्ण बुढाथोकी र कुमार राईको जोडीले कीर्तिपुरका पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडीलाई २१–१५, १८–२१, २१–१९ हराउँदै फाइनलमा स्थान बनाउनुभयो । 

पुरुष डबल्स ३५ वर्ष माथिको स्पर्धामा दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडी चितवनका बिद्वान गुरुङ्ग र किरण लामाको जोडीलाई २०–२२, २१–११, २१–१९ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । 

कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यू बिएसका नारायण गौतमको जोडीलाई २१–१७, २१–१४ ले शहराउँदै अन्तिम चारमा स्थान बनाउनुभयो ।