प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ।
झापाको दमक नगरपालिकामा पहिलो पटक राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा २७ जना भूमिहीनले धनीपुर्जा पाएका छन्।
लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभा बैठक नागरिक उन्मुक्ति पार्टीको अवरोधका कारण स्थगित भएको छ।
सडक डिभिजन कार्यालय पाल्पाले सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ । सिद्धार्थ राजमार्गअन्तर्गतका पाल्पा–बुटवल खण्डको सडकमा परेका खाल्टाखुल्टी पुर्ने काम सुरु गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज (शुक्रबार) उद्घाटन गर्नुभएको छ ।
उत्पादित तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले नारायणगढका सडकमा तरकारी फालेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल बानेश्वस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएको छ । शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित हुँदा गाडीको स्टेरिङले छातीमा लागेर बेहोस हुनुभएपछि नेता भुसाल अस्पतालमा भर्ना हुनुभएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताउनु भएको छ ।
कप्तान करिम बेन्जेमाको चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित भ्यालेन्सियालाई २–० गोलले हरायो ।
कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । स्रोत नखेलेको भारतीय रुपियाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नविकरण गर्ने बेला भएको र नविकरण गर्दा नेपाली श्रमीकलाई पनि मलेसियाका श्रमीकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताउनुभयो ।
नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहको नेतृत्वमा गएको ४ सदस्य नेपाली टोलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाराजसँग भेटवार्ता गरेको छ ।
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
पाँचौ संस्करणको सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको नकटाझिजमा हुने भएको छ । नेपाल हक्की सङ्घ र धनुषास्थित मिथिला नगरपालिकाको संयुक्त आयोजनामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।