• ११ मंसिर २०८१, मङ्गलबार

नेता घनश्याम भुसाल सिभिल अस्पतालमा भर्ना

blog

नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल । फाइल तस्बिर

 काठमाडौं, माघ २० गते । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएको छ ।

शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित हुँदा गाडीको स्टेरिङले छातीमा लागेर बेहोस हुनुभएपछि नेता भुसाल अस्पतालमा भर्ना हुनुभएको हो ।

अस्पतालका निर्देशक विधाननिधि पौडेलका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ । 

उहाँले भन्नुभयो, ‘‘अहिले उहाँको अवस्था सामान्य छ । बेलाबेलामा छाती दुख्यो भन्नुहुन्छ । बाहिरी चोट लागेको छैन । एक्सरे गरेपछि मात्र उहाँलाई के भएको भन्ने थाहा हुन्छ ।’’