• १४ वैशाख २०८१, शुक्रबार

उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटवार्ता

blog

नेपाली टोली भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाराजसँग भेटवार्ता गर्दै ।

उत्तर प्रदेश (भारत), माघ २० गते । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहको नेतृत्वमा गएको ४ सदस्य नेपाली टोलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाराजसँग भेटवार्ता गरेको छ । 

बिहीवार मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता भएको हो । योगीले नेपाल र भारतबीचको सम्बन्धलाई दुबै पक्षले गम्भीरतापूर्वक  लिनुपर्नेमा विशेष जोड दिनु एको छ । 

नेपालको कालीगण्डकी नदीबाट ल्याइएको देवशिला हस्तान्तरणका लागि आएका नेपाली टोलीसँग मुख्यमन्त्री योगीले नेपाल भारतबीच सदियौंदेखि रहेको सांस्कृतिक सम्बन्धको खुलेर प्रशंसा गर्नुभयो । 

 भेटवार्ता टोलीमा नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुर र पत्रकार अनन्त अनुराग पनि सहभागी हुनुहुन्छ ।  

भेटवार्तामा टोलीले नेपाल भारत एक आपसमा सहकार्य गरेर हिँड्नु एक अर्काको लागि सुखद र हितकर हुने विश्वास व्यक्त गरेको छ । 

जनकनन्दनी  माता जानकी बिना श्रीराम र अयोध्या कहिले पूर्ण नहुने भएको हुँदा हामीले जय श्रीरामसँगै जय सियाराम एक साथ भन्ने गरेका छौँ। यसको अर्थ हामी माता जानकीमाथि असीम श्रद्धा राख्छौँ। 

भेटमा पूर्व सांसद शाहले अयोध्यामा ‘नेपाल हाउस’ बनाउन राख्नुभएको प्रस्तावमा योगीले बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यसैगरी, योगी महाराजलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । उहाँले उचित समयमा नेपालको भ्रमण गर्ने बताउनुभयो ।