रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताउनुभएको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार दिउँसो छलफल भएको छ ।
नाबालिका बलत्कार गर्ने तनहुँका एक वृद्धलाई जन्मकैदको फैसला भएको छ। भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला सुनाएको हो।
ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीकी ३९ वर्षीया सुखमाया श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।
। सशस्त्र प्रहरीले कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सकुशल उद्धार गरेको छ । कुश्मा नगरपालिका-७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा बिहीबार भीरमा खस्नुभएको थियो ।
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको एक युवा स्पोर्टस् क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले कायम गरेको आरोपमा छ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
साँघुटार–घोराखोरी सडकको कालोपत्रे गर्न सुरु गरिएको छ । छ वर्ष अघि ठेक्का लागेको उक्त सडकको कालोपत्रेको काम सोमबारदेखि सुरु भएको हो ।
बाँकेमा दादुरा महामारी फैलिएको करिब एक महिनाको अवधीमा एकजनाको मृत्यु भएको छ भने ३१३ जनामा दादुरा सङ्क्रमण देखिएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा २० वर्ष उमेर कटेकाले मात्र मदिरा सेवन गर्न पाउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ मा मदिरा सेवनलगायतका कुरा राखेर ऐन लागू गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित हुँदा बेहास हुनुभएको नेता भुसाल बानेश्वरस्थित शिभिल अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ।
गैंडा मारिन थालेपछि पाँच देशका गैंडा संरक्षण विज्ञको सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ।
पर्वतका कृषकहरुले बाँझो जमिनमा अलैंची खेती गर्न सुरु गरेका छन् । यस वर्ष पर्वतमा २० मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लाका विभिन्न वडाका कृषकहरुले लगाएको अलैंची खेतीबाट उत्पादन बढ्दै गएपनि बजार अभावका कारण सोचे अनुसार लाभ भने लिन सकिरहेका छैनन् ।