• १३ वैशाख २०८१, बिहिबार

मेडिकल रिपोर्ट सामान्य छ : घनश्याम भुसाल

blog

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसाल

काठमाडौं, माघ २० गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित हुँदा बेहास हुनुभएको नेता भुसाल बानेश्वरस्थित शिभिल अस्पतालमा भर्ना हुनुभएको थियो ।

शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिनुहुदै उहाँले अहिलेसम्म कुनै पनि प्रकारको गम्भीर चोकटपटक वा समस्या नरहेको बताउनुभयो ।

उहाँले हालसम्मको मेडिकल परीक्षणको सबै रिपोर्टहरु सामान्य रहेको जानकारी दिनुभयो । सडक दुर्घटनाबाट हुन आएको आफ्नो स्वास्थ्य अवस्थप्रति चिन्ता एवम् चासो प्रकट गर्नेलाई उहाँले आभार प्रकट गर्नुभएको छ ।