• ६ वैशाख २०८१, बिहिबार

उपप्रधानमन्त्री श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

blog

। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, माघ २० गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार दिउँसो छलफल भएको छ । 

समाजवादीका उपमहासचिव एवम् केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठ र अध्यक्ष नेपालबीच भेटवार्ता भएको जानकारी दिनुभयो ।

तुलाधरले भन्नुभयो, “केन्द्रीय कार्यालयमा उहाँहरुबीच ‘वान टु वान’ भेटवार्ता भएको हो ।” भेटवार्ताबारे थप विवरण नभएको उहाँको भनाइ छ । 

एकीकृत समाजवादी अहिलेको सरकारलाई शर्तसहित विश्वासको मत दिएको थियो । 

समाजवादीको केन्द्रीय कमिटीको बैठक माघ २१ र २२ गते काठमाडौंमा हुँदैछ । बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।