नेपाल उद्योग परिसङ्घले महिला उद्यमशीलताको विकासले मात्रै देशको समग्र आर्थिक विकास सम्भव हुने जनाएको छ । परिसङ्घले मङ्गलबार महिला उद्यमी महासङ्घ नेपालका नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई तथा स्वागत गर्ने कार्यक्रममा सो कुरा बताइएको हो ।
हेवाखोला थुनेर माउन्टेन हाइड्रो सञ्चालनमा ल्याइएपछि कुलो बन्द भयो । हिलिहाङ–७ का टीकाराम पोखरेलले सयौँ मुरी धान फल्ने खेत रोप्न छोडेर उखु रोप्नुभयो । उखुको रस पेलेर पकाइएको खुदो र सखरको बिक्री पनि राम्रै थियो । कुलोबाट सानोतिनो पानी ल्याएर सिँचाइसँगै गोडमेल गर्दा उखु सप्रिएर सखरले दिने आम्दानीले चित्त बुझाउँदै हुनुहुन्थ्यो । २०८० असार २ गतेको बाढीले खोलाको सतह झनै गहिरो भयो । २०८१ असोज १२ गते पुनः बाढी आएर बचेखुचेका कुलो बगाइदियो भने गत असोज १७ र १८ गते पुनः बाढी आउँदा सिँचाइका लागि ल्याइएका पाइपसमेत बगाइदियो ।
नयाँ स्टक एक्सचेन्ज ल्याउने वा विद्यमान नेपाल स्टक एक्सचेन्जलाई नै पुनर्संरचना गरेर अगाडि जान उपयुक्त हुने सुझावसहितको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचनासम्बन्धी सुझाव समितिले नेप्सेबाट सरकार क्रमिक रूपमा बाहिरिने, रणनीतिक साझेदार भित्र्याउने र सर्वसाधारणलाई १५ प्रतिशत सेयर बिक्री गर्ने सुझाव दिएको छ ।
नेपालको सबैभन्दा पुरानो औद्योगिक क्षेत्र सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योग अहिले गम्भीर सङ्कटमा परेका छन् । कच्चा जुटको प्रमुख स्रोतका रूपमा रहेको बङ्गलादेशले कच्चा जुट निर्यातमा कडाइ गरेपछि नेपाली उद्योग धराशायी बन्ने अवस्था उत्पन्न भएको हो ।
एक लाख साना तथा मझौला व्यवसायलाई वित्तीय पहुँच बढाउन विश्व बैङ्कले नेपाललाई करिब १४ अर्ब रुपियाँ (नौ करोड ५० लाख डलर) सहायता उपलब्ध गराउने भएको छ । कार्यकारी निर्देशकको बोर्ड बैठकले यस्तो निर्णय स्वीकृत गरेको विश्व बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेका बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ । पुस १३ र १४ गते राजनीतिक दलले पेस गरेका बन्दसूचीबाट ७६ जना हटाइएसँगै आयोगले मङ्गलबार बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको हो । सार्वजनिक नामावली अनुसार प्रतिनिधि सभाको ११० सदस्यका लागि तीन हजार १३५ उम्मेदवार कायम भएका छन् ।
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
रुकुमपश्चिममा शान्ति प्रक्रियापछिका सबै निर्वाचनमा विजयी भएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्मा यस पटक उहाँसहित ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारले आफ्नो ओज घटाउन नहुने बताउनुभएको छ । उहाँले निर्वाचनको समयमा पत्रकार आचारसंहिताको पूर्णरुपमा पालना गरेमा पत्रकारको गरिमा नघट्ने बताउनु भयो ।
कैलालीको भजनी नगरपालिकामा शिक्षा, स्वास्थ्य र पोषणको अवस्था नाजुक देखिएको छ । नगरपालिकाको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो ।
सर्लाहीको गोडैता नगरपालिका –१२, रोहुवामा मङ्गलबार एक पुरुष मृत अवस्थामा फेला पर्नुभएको छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित निकालेको छ ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन भएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्।