आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –१० मा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ । वडाको टोट्टेगाउँ निवासी ४८ वर्षीय विनोद ओलीले मृत्यु भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका –१२, बाँके जङ्गलमा बुधबार बिहानपख कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
नेपालको व्यवस्थापिका द्विसदनात्मक छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त रूप नै व्यवस्थापिका अर्थात् संसद् हो । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले कार्यभार समालेको पाँच महिनामा पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्नुभएको छ । सोमबारको सम्बोधनमा उहाँले आउँदो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानविन्दु बन्नुपर्नेमा जोड दिनुभएको छ
निजामती सेवाको सुरुवात नै प्रशासनिक कामलाई राजनीतिक विचारको आग्रहबाट निष्पक्ष राख्नका लागि भएको हो । बेलायतले सन् १८५३ देखि निजामती सेवा आयोग बनाई पदपूर्ति व्यवस्थालाई योग्यतामा आधारित बनाई यसलाई भाइभारदारबाट अलग गरी आम सर्वसाधारणको सेवामा लगायो । राजनीतिक संरक्षणको सिद्धान्तको चरम दुरुपयोग भएको संयुत्तक्त राज्य अमेरिकामा सन् १८८
नेपालमा क्यान्सर रोग बढिरहेको छ । नसर्ने रोगमध्ये क्यान्सर एक प्रमुख रोग हो । क्यान्सर दिवसको दिन मात्र जनचेतनाका कार्यक्रम गर्ने चलन छ, जुन गलत हो । क्यान्सरसम्बन्धी जनचेतना सधैँभरि जगाउनु पर्छ । विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । यो वर्षको विश्व क्यान्सर दिवसको नारा ‘सबै मिलेर सहकार्य गरौँ’ भन्ने रहेको छ । जनचेतनाका कार्यक्रम दिवसलाई लक्षित गरेर मात्र बनाइनु हुँदैन ।
आर्थिक समृद्धिमा प्राकृतिक स्रोत १. प्राकृतिक स्रोतको परिचय दिँदै मुलुकको आर्थिक समृद्धिमा प्राकृतिक स्रोत परिचालनले गर्ने योगदानबारे चर्चा गर्नुहोस् । साथै, नेपालको तीन तहको सङ्घीय संरचनामा प्राकृतिक स्रोत परिचालनमा तहगत सरकारले गर्ने लगानी तथा प्रतिफलको हिस्सा निर्धारण गर्ने आधारहरू समेत उल्लेख गर्नुहोस् । प्रकृतिबाट प्राप्त हुने सबै जैविक
१. सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३–२०८६/८७) कहिले सार्वजनिक गरेको हो ? विसं २०८२ माघ १४ – दोस्रो वित्तीय क्षेत्र विकास रणनी
१०० वर्ष अघिको गोर्खापत्र
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सहआयोजनामा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही रु. २५/२५ हजार छ । मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्वपूर्ण प्राज्ञिक कार्य गरेबापत पुरस्कार घोषणा भएको हो ।
उद्यमी एवं युवा अभियन्ता सरोज बानियाँको ‘निर्वाचनमा देशैभर युवा आउनु पर्छ, देश मुहार फेर्नलाई युवा जाग्नु पर्छ’ बोलको गीत सार्वजनिक भएको छ । बानियाँकै शब्द तथा रचना रहेको गीतमा रामजी खाँण र प्रीति आलेले आवाज दिनुभएको छ । गीतको सङ्गीत भने सुबिन सेन्चुरीले गर्नुभएको हो ।
देउराली जनता फर्मास्युटिकल्सले चार अर्ब ७५ करोड रुपियाँको लगानीमा चितवनमा कारखाना सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हरिभक्त शर्माले त्यस्तो कारखानामा ५५० जनालाई प्रत्यक्ष रोजगारी दिने जानकारी गराउनुभयो ।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वाणिज्यसँग सम्बन्धित निजी क्षेत्रको चासोका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । सङ्घको प्रतिनिधि मण्डलले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई मङ्गलबार उहाँकै कार्यकक्षमा भेटेर ध्यानाकर्षण गराएको हो ।