• २१ माघ २०८२, बुधबार

लडेर पुरुषको मृत्यु

blog

मृतक विनोद ओली ।

राजु लामिछाने

रुकुमपश्चिम, माघ २१ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –१० मा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ । वडाको टोट्टेगाउँ निवासी ४८ वर्षीय विनोद ओलीले मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मंगलबार दिउँसो गाउँबाट घरतर्फ फर्कने क्रममा उहाँ बाटोबाट करिब १० मिटर तल खसेर घाइते हुनुभएको थियो । 

मादक पदार्थ सेवन गरेको कारण उहाँ सडकबाट लडेको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । लडेर गम्भीर घाइते अवस्थाका ओलीलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि ल्याइएको थियो । उपचारको क्रममा गएराति चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । 

मृतकको शव अहिले जिल्ला अस्पतालमै रहेको र पोष्टमार्टम पश्चात आफन्तजनलाई बुझाइने प्रहरीको भनाइ छ ।