• १६ वैशाख २०८३, बुधबार

स्कुटर दुर्घटनाः दुई किशोरीको मृत्यु, एक गम्भीर

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख १६ गते ।
पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एउटै स्कुटरमा सवार तीन जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाडकी १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिका नगरकी १८ वर्षीया पूर्णिमा उचाइ मगरको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक वाणगङ्गा नगरपालिका–७ बनगाईका सुमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।

मंगलबार साँझ करिब पौने सात बजे भएको दुर्घटनापछि उनीहरूलाई उद्धार गरी एडमण्ड सिटी अस्पताल हुँदै लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले दुई युवतीलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।