• १६ वैशाख २०८३, बुधबार

दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलगायत सहभागी ।

मकवानपुर समाचारदाता

मकवानपुर, वैशाख १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको  छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री बानियाँले प्रतिष्ठानको मङ्गलबार हेटौँडामा भएको १० औँ सभामा बोल्दै प्रतिष्ठानले पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले मानव स्वास्थ्यसँग जोडिएको बागमती प्रदेशको गौरवको योजना भएको भन्दै प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानले कानुन नियमलाई व्यवस्थित गर्ने र मर्यादित गरेर सञ्चालन गर्नु पर्छ, मुख्यमन्त्री बानियाँले भन्नुभयो, “सङ्घसँग कानुन नबाझिने गरी बनाउनु आवश्यक छ ।” 

उहाँले हेटौँडा अस्पतालमा अभ्यास गर्दा आवश्यक उपकरण खरिदमा विवादरहित रूपमा खरिद प्रव्रिmया अगाडि बढाउनुपर्ने भन्दै कसैको दबाब र प्रभावमा आएर गुणस्तरहीन उपकरण ल्याएर बदनाम हुने कार्य नगर्न निर्देश गर्नुभयो । 

प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री किरण थापाले प्रतिष्ठानले दक्ष जनशिक्त उत्पादनलाई जोड दिँदै आएको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवालीले प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत, डिन डा. इन्दिरा अधिकारी पौडेलले शैक्षिक कार्यव्रmम र शिक्षाध्यक्ष प्राडा दिनेशकुमार लम्सालले प्रतिष्ठानका बारेमा जानकारी गराउनुभएको थियो । 

सभामा वार्षिक प्रतिवेदन स्वीकृत सम्बन्धमा, आव २०८३÷८४ को नीति, योजना र कार्यव्रmम, आव २०८३÷८४ को वार्षिक बजेट, हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको नियमावली, २०७७ संशोधन, प्रतिष्ठानको कर्मचारी सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, २०७७ संशोधन, प्रतिष्ठानको शिक्षक सेवा, सर्त र सुविधासम्बन्धी  नियमावली, २०७७  संशोधन, प्रतिष्ठानका पदाधिकारी व्यवस्थापन तथा सेवा, सुविधासम्बन्धी नियमावली, २०७७  संशोधनका  सम्बन्धमा छलफल गरी पारित गरिएको रजिस्ट्रार भीमसागर गुरागाईंले जानकारी दिनुभयो ।

यस्तै प्रतिष्ठानको आन्तरिक लेखा परीक्षण, प्रतिष्ठानको परिमार्जित सङ्गठन संरचना र प्रतिष्ठानको प्रस्तावित नयाँ दुई सय शøयाको विशिष्टीकृत शिक्षण अस्पतालबारे छलफल गरी निर्णय भएको उहाँले बताउनुभयो । 

नीति बनाउने नेतृत्व जिम्मेवार 

मकवानपुर समाचारदाताका अनुसार मुख्यमन्त्री बानियाँले प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यव्रmम अन्तर्गत समसामयिक शासन प्रणालीका विभिन्न आयामबारे मङ्गलबार आयोजना गरिएको कार्यव्रmममा नीति बनाउने नेतृत्व र नीतिलाई कार्यान्वयन गर्ने निजामती प्रशासन दुवै जनताप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

उहाँले सङ्घीय अवधारण र संरचनाका कारण विभिन्न देशको विकासले गति लिएको उल्लेख गर्दै यसका लागि नेतृत्व असल हुनुपर्ने कुरामा जोड दिनुभयो । नीति बनाउने नेतृत्व र कार्यान्वयन गर्ने निजामती प्रशासन दुवै जनताप्रति जिम्मेवार भएर जनताको सोझो चिताएर जसरी लेखिन्छ त्यसरी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो । 

कार्यव्रmममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल, बागमती प्रदेशका मन्त्रीहरू, बागमती प्रदेश सभाका विभिन्न समितिका सभापति, संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रदेशका सबै मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।