संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयको नयाँ भवन बन्ने भएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतबाट आउने हरियो तरकारी परीक्षण गरेर मात्र ल्याउनुपर्ने माग गरेको छ । भारतबाट हरियो तरकारी विनापरीक्षण ल्याउन सरकारले अनुमति दिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेका हुन् ।
लहान नगरपालिकाले आयोजना गरेको आँखा जाँच शिविरमा अहिलेसम्म तीन हजार भन्दा बढीको आँखा जाँच भइसकेको छ।
ग्रिसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) काे सचिवालय बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताउनुभएको छ ।
प्रदेश १ प्रदेश सभाले प्रदेशको नामाकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको नियमित कामकाजमा कमी आए पनि प्रदेश सरकार र स्थानीय तहको आम्दानी समेत प्रभावित भएको छ ।
पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।
झापामा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुर चोकमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा दुई जना पैदलयात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रदेश १ ले आज नामकरण टुङ्ग्याउने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढ्न लागेको हो ।
सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन चिह्न संशोधन गरिएको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीको निर्वाचन चिह्न औपचारिक रूपमा संशोधन गरिएको जानकारी दिनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय ४८ घाइते भएका छन् ।