सिनेमाघरमा नेपाली सिनेमाको पोस्टर लागेको छ । टिकट काट्ने ठाउँमा खचाखच भीड छ । ठेलामठेल लाइन । कुनै सरकारी अस्पतालमा स्वास्थ्य बीमा सुविधा लिनेको भीडभन्दा कम छैन । कोही लाइन मिच्न तम्सिरहेका छन् भने कोही फिल्म हेर्न नपाउने निराशामा घरै फर्किन खोजिरहेका छन् । त्यसैबेला एक युवक सिनेमाघरको टिकट काउन्टरभन्दा पर घर फर्किन लागेको एक अधबैँसेलाई गएर झ्याप्प अँगालो मार्छ । अधबैँसेले युवकलाई चिन्दैनन् । युवक छक्क पर्छन् । उनी अधबैँसेलाई आफ्नै दाजुभन्दा नजिकको मानेर सम्बोधन गरिरहन्छन् । लाइन मिचेरै फिल्मको अर्को टिकट आफ्नो दाजुका लागि भनेर ल्याउँछन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसियु बेड हस्तान्तरण गरेको छ ।
नेपालका लागि युरोपियन युनियन (इयु) तथा तीन देशका राजदूतहरूले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास सबैभन्दा प्रमुख सवाल रहेको बताउनु भएको छ ।
दोलखाका स्थानीय तहमा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि न्यायिक समितिमा अहिलेसम्म दर्ता भएका विभिन्न मुद्दामध्ये अधिकांश मिलापत्रमा टुङ्गिएका छन्। चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा १२४ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये ७६ वटा मिलापत्र भएका छन् भने ४८ वटा मुद्दा प्रक्रियामा छन्।
पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
काभ्रे जिल्लामा १० वर्षीय सशस्त्र सङ्घर्ष एवं जनआन्दोलनका क्रममा मृत्यु भएकाहरूको विवरण अद्यावधिक गरिएको छ। सरकारले शहीदको नामावली राजपत्रमा प्रकाशित गर्ने प्रयोजनका लागि गृह मन्त्रालयमा भएको विवरणको त्रुटि भए/नभएको यकिन गरी पठाउन जिल्ला प्रशासन कार्यालय, काभ्रेलाई निर्देशन दिएपछि कार्यालयले शहीदहरूको नामावली अद्यावधिक गरेको हो।
दोलखाको भीमेश्वर नगरपालिका–६ मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएको छ। सङ्ग्रहालय तथा पार्कसमेतको विस्तृत परियोजना प्रतिवेदन तयार भएकाले पहिलो चरणमा गुम्बा र पद्मसम्भव (लामा भाषामा घुरु रेम्बोचे)को मूर्ति निर्माण थालनी भएको वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो।
जिल्ला विपत् व्यवस्थापन समिति, सिन्धुपाल्चोकले जुरे पहिरो पीडितहरूलाई जनस्तरबाट सङ्कलित रकम नगदै वितरण गर्न आग्रह गर्ने निर्णय गरेको छ। वि.सं. २०७१ साउन १७ गते राति बलेफी गाउँपालिकाको इटिनी पहाडै खसेर जुरे, डयामसाइड, कागुने, भीरकुना, दावीलगायतका गाउँ पुरेको थियो। यहाँ बसेको सर्वपक्षीय बैठकले गृह मन्त्रालयलाई नगदै वितरण गर्न आग्रह गर्ने निर्णय गरेको हो।
गुल्मी मुसीकोट नगरपालिका–७, वामी टक्सारकी ५७ वर्षीया गङ्गादेवी शेरचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट पक्राउ परेका ती युवकको परिचय भने प्रहरीले खुलाएको छैन । शेरचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि दुई युवकलाई पक्राउ गरिसकेको छ । मङ्गलबार पक्राउ परेका ती युवकलाई आवश्यक अनुसन्धानका लागि गुल्मी लगिएको छ । प्रहरीले घटनामा संलग्न बागलुङका एक र सिन्धुपाल्चोकका एकसमेत दुई युवकलाई पक्राउ गरेको जनाएको छ ।
बुटवलबाट विगत छ महिनायता सानाठूला गरी एक हजार व्यवसायी पलायन भएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घले विगत छ महिनामा २५ हजार व्यवसायी बुटवलबाट पलायन भएका र तिनमा सानाठूला गरी करिब एक हजार व्यवसायीसमेत रहेका जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले समग्र विद्युत् चुहावट १२ दशमलव ५९ प्रतिशतमा झारेको छ । गत असारसम्ममा यस्तो चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । माघसम्म प्रसारणतर्फको ४ दशमलव ६० प्रतिशत र वितरणतर्फको विद्युत् चुहावट ७ दशमलव ९९ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको हो ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर ११ रुपियाँ बढाएको छ । डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाएको हो ।
ट्याक्टर चालक अनुमतिपत्र (लाइसेन्स)मा कार र मोटरसाइकल थप गर्ने पर्साका पारस साह तुराहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आर्थिक लेनदेन गरी नक्कली लाइसेन्स प्रयोग गरेको पाइएपछि तुराहलाई पक्राउ गरेको जनाएको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार तुराहको शरीर खानतलासी गर्दा नक्कली लाइसेन्स फेलापरेको थियो ।
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङको अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकार गरे पनि मुद्दालाई समय तोकेर अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको हो । अदालतको आदेशसँगै मनाङेको प्रदेश सभा सदस्यको पदको न्यायिक परीक्षण हुने निश्चित भएको छ । पदीय हैसियत धरापमा परेको छ ।
सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुई वर्षे प्रावधान हटाएको छ ।