म्याग्दीको बेनी नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजारको क्षेत्र र वरपरका बस्तीलाई जोगाउन आठ ठूला योजना कार्यान्वयनमा ल्याइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
तनहुँ प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
दुई सय मेगावाटभन्दा ठूला जलविद्युत् आयोजना र छ अर्ब रुपियाँभन्दा माथिको वैदेशिक लगानीको स्वीकृति तथा सहजीकरणको जिम्मेवारी पाएको लगानी बोर्डको कार्यालय अर्को लगानी सम्मेलनको तयारीमा छ । लगानी स्वीकृति, परियोजना व्यवस्थापन, अवरोध समाधानजस्ता क्षेत्रमा कार्यालयले निर्वाह गरिरहेको भूमिका र सम्मेलनको तयारीमा केन्द्रित रहेर गोरखापत्रका गोपालचन्द्र सुवेदीले कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग गर्नुभएको कुराकानी :
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले गाउँमै पुगेर नागरिकको घर बनाउने सम्झौताको थालनी गरेको छ । नगरपालिकाले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनौट भएका लाभग्राहीहरुको सहजताका लागि वडामै गएर सम्झौताको सुरुवात गरेको नगरपालिकाले जनाएको छ ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कास्की कारागारलाई २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहाथापाले कारागार तथा कैदीबन्दीको अवस्था सुधारका लागि उक्त रकम छुट्याएको बताउनुभयो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। ढोरपाटन जलाशययुक्त आयोजना गण्डकी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा साबित हुने चर्चा गर्दै उहाँले विकास निर्माणको काम तत्काल अघि बढाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको हो। उहाँले जलाशययुक्त आयोजना निर्माण भएपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा मात्र नभई बागलुङवासी र गण्डकी प्रदेश सरकारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय डेढ महिनादेखि सचिवविहीन छ। मन्त्रालयका तत्कालीन सचिव दिनेशसागर भुसालको माघ २० गते सरुवा भएको थियो। भुसाल सरुवा भएसँगै मन्त्रालय सचिवविहीन भएको हो। लामो समय भइसक्दा पनि उहाँको स्थानमा अर्का सचिव आउनुभएको छैन।
बाँकेको नरैनापुर गाउँपालिमा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्ने अभियान सुरु भएको छ । योसँगै स्थानीय नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।
पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक छ वर्षदेखि सम्पन्न हुन सकेका छैनन्। सङ्घीय आयोजना कार्यान्वयन एकाइ भैरहवाअन्तर्गत सघन सहरी विकास कार्यक्रममा सडक विस्तार तथा स्तरोन्नतिका लागि छनोट भएका ती सडक २०७४ असार २९ गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका थिए।