अर्थतन्त्रमा बैङ्किङ क्षेत्रले मुख्यतया वित्तीय मध्यस्थताको काम गर्छ। बचतकर्तासँग बचत सङ्कलन गरी लगानीकर्ताका लागि कर्जाको रूपमा वित्तीय साधन उपलब्ध गराउँछ। यसले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी, आम्दानी बढी समग्र आर्थिक वृद्धि बढ्ने गर्छ। तसर्थ, बैङ्किङ क्षेत्रको विकासका लागि सबै देशले प्राथमिकता दिने गर्छन्। हुन त वित्तीय मध्यस्थताको काम बैङ्किङ क्षेत्रबाहेक पुँजी बजार र सम्झौतित बचत सङ्कलन गर्ने संस्थाले पनि गर्छन्। तर यिनीहरूले बैङ्किङ क्षेत्रको कार्यलाई प्रतिस्थापन नै गर्न भने सक्दैनन्। बैङ्किङ प्रणालीमा बचत र कर्जासँगै भुक्तानी प्रणाली सञ्चालनका साथै निक्षेप र कर्जा सिर्जना गर्ने क्षमता रहेको हुन्छ।
पछिल्लो एक दशकमा सम्भवतः धेरै प्रयोग गरिने शब्दावलीमध्येको एक हो–राजनीतिक स्थिरता। नेपाली नागरिकका अनेकौँ चाहनामध्येमा पनि एक हो स्थिरता। दल स्थिरता दिने वाचासहित २०७४ र २०७९ को चुनावमा गए। चुनावपछिका राजनीतिक गतिविधि हेर्ने हो भने समस्या जस्ताको तस्तै छन्। नेताहरूको वचन र व्यवहारको तालमेल मिलेन, अङ्कगणित र भागबन्डा मौलायो भने नागरिकका स्वाभाविक अपेक्षामाथि मौनता साधियो। निराशा बढ्दो गयो।
कताकता कहाँकहाँ सुनेजस्तोे पढेजस्तो कविताहरूको सङ्ग्रहमाथिको सङ्ग्रह रै’छ यो पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ । अझ भन्नुपर्दा आठवटा कविता सङ्ग्रहहरूबाट छानिएका कविताहरूको सँगालो हो यो ।
रासायनिक मलमा बढाएको मूल्य तत्काल फिर्ता गर्न किसान सङ्घ, सङ्गठनले माग गरेका छन् । राजनीतिक दल निकट चारवटा किसान सङ्गठनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी किसानलाई प्रत्यक्ष मार पर्ने गरी मलमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेका हुन् ।
इलाम नगरपालिकामा खानेपानी आपूर्ति सहज गराउन अहिले सहरी खानेपानी आयोजनाको निर्माण भइरहेको छ । अझै यो आयोजना निर्माण सम्पन्न गर्न अझै केही समय लाग्ने छ । यो आयोजना हस्तान्तरण गर्न त एक–डेढ वर्ष नै लाग्ने छ ।
मूलतः समालोचना र निबन्ध विधामा निरन्तर सक्रिय रहेका व्यक्तित्वको नाम हो– गोपी मैनाली । निजामती सेवाको उच्च ओहोदामा पुगेर हाल अवकाश प्राप्त जीवन बिताइरहेका मैनालीको
कुवेतमा रहेको नेपाली दूतावासले १०१ जना नेपाली श्रमिकलाई सात करोड २७ लाख रुपियाँ क्षतिपूर्तिबापतको रकम नेपाल पठाएको छ । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्तिबापत सो बराबरको रकम नेपाल पठाएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जमा ६० प्रजातिको वनस्पति खानयोग्य रहेको पाइएको छ। निकुञ्जमा ३३६ प्रजातिका वनस्पति तथा ३६ प्रजातिको स्तनधारी, ४९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरिसृप र ३१ प्रजातिका पुतली रहेका छन्। निकुञ्जमा हात्ती, पाटेबाघ, गैँडा, गौरीगाई, जङ्गली कुकुर, चितुवा, जरायो, नीलगाई, अजिङ्गर, किङकोब्रा, राजधनेशलगायतका ३६ प्रजातिको स्तनधारी, १७ प्रजातिको दुर्लभ र २० प्रजातिको साधारण जनावर रहेको निकुञ्ज प्रमुख डा. अशोककुमार रामले बताउनुभयो।
लहान नगरपालिका–२३ मा निर्माण भएको ओभरहेड टयाङ्कबाट खानेपानी नियमित हुनुपर्ने माग स्थानीयले गरेका छन्। आठ सय घरधुरीका लागि आठ करोड रुपियाँको लागतमा निर्माण भएको ओभरहेड ट्याङकीबाट पाइप जडान भएर पानी खाने रहर कहिले पूरा होला भन्ने टुङ्गो नभएको स्थानीय विनोद सहनीले बताउनुभयो। उहाँका अनुसार करोडाैँको लागतमा निर्माण भएको परियोजनाको निर्माणका लागि उपभोक्ता समिति गठनका लागि नै विवाद भइरहयो।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वास्थित मुसहर बस्तीमा दुई महिनामा पाँच जना मुसहरको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्। मुसहर बस्तीका चार पुरुष र एक महिलाको ज्यान गइसकेको छ। ५५ वर्षीया केउला माझी, २२ वर्षीय तिलाई माझी, ५० वर्षीय नन्दु माझी, ५५ वर्षीय सोमिन्दर माझी र ४८ वर्षीय चेतनारायण माझीको अज्ञात रोगबाट मृत्यु भएको स्थानीयले बताएका छन्। सोमिन्दर माझीको फागुन २९ गते, नन्दु माझीको फागुन २८ गते, चेतनारायण माझीको माघ २८ गते, तिलाई माझीको माघ १५ गते र केउला माझीको पुस २८ गते मृत्यु भएको हो। एउटै गाउँमा पालैपालो पाँच जनाको मृत्यु भएपछि बडकुर्वास्थित मुसहर बस्ती अहिले शोकमग्न छ भने स्थानीय त्रासमा छन्।
झापामा पछिल्लो समयमा सहकारी संस्था समस्यामा रहेको चर्चा चलिरहेको छ। कतिपय सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता नगरेको र सञ्चालकले आफूखुसी कर्जा लिएर सहकारीलाई अप्ठ्यारोमा पारेको गुनासो आउने गरेको छ। यस्तो अवस्थामा पनि सहकारी संस्थाको विषयमा स्थानीय सरकार बेखबरजस्तै अवस्थामा रहेको छ। अहिलेसम्म प्रभावकारी अनुगमन हुन सकेको छैन। दमक नगरपालिकामा पनि यस्तै अवस्था रहेको पाइएको छ। नगरपालिकाले बेग्लै सहकारी शाखा बनाएर कर्मचारीको समेत व्यवस्थापन भने गरेको छ। मङ्गलबार दमक नगरपालिकाको ११औँ नगर सभामा आर्थिक विकास समितिका संयोजक इन्द्रबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा छ महिनाको अवधिमा एउटा मात्र सहकारी अनुगमन गरेको प्रतिवेदन पेस गर्नुभयो।
झापा कनकाई नगरपालिका–२, सुकेडाँगीमा आफ्नै श्रीमान्को छुरा प्रहारबाट सख्त घाइते ४० वर्षीया बीना लिम्बू उपचार खर्च नहुँदा जीवनमरणको अवस्थामा हुनुहुन्छ। गत फागुन २४ गते बुधबारका दिन श्रीमान् पदमबहादुर कुमालले मादक पदार्थ सेवन गरेर छुराले पेटमा र फलामको घनले टाउकोमा प्रहार गरेपछि उहाँ सख्त घाइते हुनुभएको हो। घाइते बीनाको उपचार नहुँदा जीवन सङ्कटमा परेको हो।
गोरखापत्र दैनिकका मोरङ समाचारदाता महेन्द्र विष्टलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले बुधबार विष्टलाई सल्लाहकार नियुक्त गर्नुभएको हो। पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएका विष्ट २०५२ सालदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्छ। उहाँले आमसञ्चार विषयमा अध्यापनसमेत गराउँदै आउनुभएको छ।
चलचित्र विकास बोर्डको आयोजनामा चलचित्रको पटकथा लेखन तथा निर्देशन विषयमा केन्द्रित तीनदिने कार्यशाला हुने भएको छ । चैत ३ देखि ५ गतेसम्म हुने सो कार्यशालामा भारतीय फिल्ममेकर तथा पूर्वएफटीआईआई (फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको सहभागिता रहने बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाइलमा रहेको फाराम भर्नुपर्ने हुन्छ भने यो कार्यशालामा सहभागी हुन शुल्क भने नलाग्ने जनाइएको छ ।
गायक रूपक डोटेलको नयाँ गीत सार्वजनिक भएको छ । सरिता सापकोटाको शब्दमा रहेको ‘जाने भए जाऊ’ बोलको गीतको भिडियोसहित सार्वजनिक भएको हो । ‘फाइभ स्टार्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरियोे । मनोज चौलागाईंको सङ्गीत तथा संयोजन रहेको सो गीतलाई प्रकाश मिश्रले मिक्सिङ गर्नुभएको छ । टेकेन्द्र शाहले भिडियो निर्देशन गर्नुभएको छ भने म्युजिक भिडियोमा विकास लामिछाने, ऋचा थापा र अशोक घिमिरेको अभिनय रहेको छ ।