काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
क्याराभान कन्स्ट्रक्सनले काम नै शुरु नगरी दुई वर्षदेखि त्रिवेणीमा अलपत्र पक्की पुलको निर्माणकार्य सुरु गरेको छ । तर काम कछुवा गतिमा भइरहेको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेले भेरी करिडोर अन्तर्गत भेरी नदीमा पुल निर्माण गर्न क्याराभान कन्स्ट्रक्सनलाई टेण्डरमार्फत कामको जिम्मा दिएको थियो ।
लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती भइरहेको सयममा दाङ जिल्लाको मुख्य नाकाका रुपमा रहेको काेइलाबास भन्सार कार्यालयले वार्षिक लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको जनाएको हो ।
पर्वत र बागलुङ जोड्ने कालीगण्डकी नदीमाथि निर्मित मालढुङ्गाको माेटर गुड्ने पुलसँगै नदी छेउमा रहेको माझी बस्ती र बस्तीमाथि देखिएको म्याग्दी, मुस्ताङ पुग्ने कच्ची सडक । सुमनजङ्ग थापा/रासस
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले भेटवार्ता गर्नुभएको छ ।
धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप । जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उहाँहरु बताउनुहुन्छ। तस्बिरः नारायणकुमार राई/रासस
हुम्ला समाचारदाता हुम्ला, चैत २ गते । माटोले घरको छाना छाएका न्यून आयस्राेत भएका घरधुरीलाई निःशुल्क जस्तापाता सहयोग गरिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लक्षित वर्गका घरधुरीलाई जस्तापाता सहयोग गरिएको हो । खार्पुनाथ गाउँपालिका–५ को ताक्ला गाउँका खड्क बुमीले अनुदानमा जस्तापाता पाएको बताउनुभयो । यसअघि उहाँको घरको छाना माटो र काठले छाएको थियो । उहाँले जस्तापाताले घरको छानो छाएपछि बर्खायाममा पानी चुहिने समस्या र हिउँदमा हिउँ फाल्ने कार्यबाट छुटकारा मिलेको बताउनुुभयो । उहाँले समस्याबाट छुटकारा पाउनुुका साथै सुरक्षित घरमा बस्न पाएको बताउनुभयो । उक्त गाउँबाट बुमी छनाेट हुनुभएको थियो । केही घरधुरीले भने खर र काठले छाउनु भएको थियो । जस्तापाता पाएपछि ती छाना हटाउने कार्य सुरु भएको छ ।उक्त वडाका सदस्य भरतजङ्ग शाहीले सङ्घीय सरकार अन्तर्गतको सघन सहरी विकास कार्यक्रमको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिकाका पाँच वडाका ७२ घरधुरीलाई जस्तापाता निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । उहाँले सुरक्षित नागरिक आवास कार्यक्रमले तीन वर्ष लगाएर यी जस्तापाता वितरण गरिएको र अन्तिम वितरण कार्य यतिबेला भएको बताउनुभयो । उहाँले जस्तापाता पाएका घरधुरीमध्ये ६५ प्रतिशत घरधुरीले माटोको छाना हटाएर जस्ता छाएको र बाँकीले छाउने कार्य गरिरहेको बताउनुुभयो । जस्तापाता अनुदानमा पाए पनि अन्य काम भने घरधनी आफैँले गरिरहनुभएको छ । उहाँले लक्षित वर्गका नागरिकले सुरक्षित आवासमा बस्न पाउने कार्यको थालनी भएको बताउनुभयो ।
धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक छ घण्टा बन्द हुने भएको छ ।
धनुषाको सबैला नगरपालिका –१२ रघुनाथपुरमा स्कुल भ्यानको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिकाको चारआलीसहित विभिन्न सामुदायिक वनहरूमा पछिल्लो समय डढेलो लाग्नेगरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
भोलि (शुक्रबार) हुने उपराष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । बिहीबार दिउँसो १ बजे उपराष्ट्रपति पुन उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सर्नुभएको छ ।
काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले बिहीबारदेखि ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना गरेको हो ।