शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत २ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । बिहीबार दिउँसो १ बजे उपराष्ट्रपति पुन उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सर्नुभएको छ ।
नेपालको संविधान बमोजिम चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति पुन आजै निजी निवासमा सर्नुभएको उहाँको निजी सचिवालयले जनाएको हो ।
उहाँका प्रेस संयोजक मनोज घर्तीमगरका अनुसार नयाँ उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय पुग्नुहुनेछ ।