बाँकेमा यसवर्ष गतवर्षभन्दा दोब्बर बढी क्षेत्रफलमा चैते धान लगाइने भएको छ ।
मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपियाँ दिने भएको छ।
धनुषाको मिथिला नगरपालिका –८, ढल्केबरमा अत्याधुनिक नाटकघर बन्ने भएको छ । कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो नाटक घरको शिलान्यास गरिएको छ ।
उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ ।
देशभरीको अधिकांश स्थानीय तहहरूमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्धमा उतारचढाव आइरहँदा सप्तरीको एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले अरु कार्यालयको तुलनामा स्थानीय तह चलाउन सहज रहेको बताउनुभएको छ । राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले सो कुरा बताउनुभएको हो ।
अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।
उपराष्ट्रपति पदको निर्वाचनमा सङ्घतर्फ दुई सय ९१ र प्रदेशतर्फ पाँच सय दश मत खसेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयले दिउँसो २ बजेसम्म प्रतिनिधिसभा संसदका २९१ र प्रदेशसभा संसदका ५१० सदस्यले मतदान गर्नुभएको जानकारी दिएको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा पीत पत्रकारिता बढ्दै गएकाले त्यसलाई प्रश्रय दिन नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको टोलीसँग आज शुक्रबार सिंहरदवारस्थित आफ्नै कार्यकक्षमा छलफल गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बानेश्वरमा लगानी बोर्डको बैठक सुरु भएको छ ।
कोठामा लागेको आगोका कारण निसास्सिएर एक जना महिलाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका –५ देबीगञ्ज निवासी ४० बर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निशास्यिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठामाडौँ, चैत ३ गते । नेकपा(एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । रासस
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण गरिने भएको छ । चैत ४ गते ८० वर्ष पूरागरी ८१ वर्ष प्रवेश गरेको दिन उहाँलाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन कार्यक्रम पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले संयुक्त रुपमा गर्न लागेका हुन् ।
पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरु आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए ।
फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ जेठ १२ गते रिलिज हुने भएको छ ।