चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को शुक्रबार पशुपतिनाथ मन्दिरमा मुहूर्त गरिएको छ। चलचित्रको छायाङ्कन चैत १० देखि सुरु हुने निर्देशक दीपेन्द्र के खनालले बताउनुभयो। उहाँले भन्नुभयो ४० दिनको तालिकासहित चलचित्रको छायाङ्कन सुरु गरिएको हो।
शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्र ‘जय हो’ को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ। टेक पौरखी राईको निर्देशनमा निर्माण हुने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ र अथिति कलाकारमा रोहित रुम्बालगायतको अभिनय रहनेछ।
युवापुस्ताले आफूले प्रयोग गर्ने सामानलाई पनि फेसनकै रूपमा हेर्ने गरेका छन्। लत्ताकपडाले मात्र नभएर सडकमा हुइँकिने मोटरसाइकल तथा स्कुटरका प्रयोगकर्ताले हेल्मेटलाई पनि फेसनकै रूपमा लिने गरेका छन्। बजारमा आएका दर्जनौँ स्टाइलका हेल्मेटको कारणले पनि होला, अहिले यसको फेसनमा युवापुस्ता लोभिएका छन्। फरक–फरक डिजाइनका हेल्मेट उपलब्ध हुन थालेपछि यसलाई सुरक्षाका लागि मात्र नभई फेसनका रूपमा पनि प्रयोग गर्ने लहर चल्न थालेको छ।
वैदेशिक रोजगार विभागले गन्तव्य देशका रोजगारदातालाई आफ्नो सफ्टवेयर ‘एफईआईएमएस’ (वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली)मा पहुँच (एक्सेस) दिएको छ । पहिले रोजगारदाताले नेपालबाट श्रमिकको माग गर्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमै गएर कागजात पेस गर्नुपथ्र्यो, अहिले उक्त प्रक्रिया रोजगारदाताका लागि झन्झटिलो भएको भन्दै विभागकै सफ्टवेयरमा एक्सेस दिएको हो । भौतिक उपस्थिति हुँदा दूतावासका कर्मचारी र रोजगारदाताबीच स्वार्थको मोलमोलाइ हुने गरेको आरोप पनि लाग्दै आएको थियो । यसले प्रक्रिया थप पारदर्शी हुने बताइएको छ ।
विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ । त्रिविले ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियुको निर्वाचन गर्दै छ तर विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो ।
नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ ।
माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको सङ्ख्या सात हजार ६१८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको सङ्ख्या बढेको हुन सक्ने बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा भोलि शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गर्नुभएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन्। फुङ्लिङ–पाथीभरा सडक खण्डअन्तर्गत सुकेटार नजिक बा ११ च २२७६ नम्बरको पिकअप शुक्रबार साँझपख दुर्घटना भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेललाई उहाँका भारतीय समकक्षी द्रौपदी मुर्मूले साँझ टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।
भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेलगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ गरेको छ ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताउनुभएको छ।
इलाम नगरपालिकामा आउने पर्यटकहरूका लागि आकर्षणको मुख्य स्थान रहेको भ्युटावर व्यक्तिको जग्गा मिचेर निर्माण गरेको पाइएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युतमा व्यापार गर्ने बेला अझै नभएको बताउनुभएको छ । ६ रुपियाँमा प्रतियुनिटमा विद्युत विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपियाँमा विद्युत खरिद गर्नु गलत भएको उहाँको भनाइ छ ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिनुभएको छ।