बर्दिबास महोत्सवको चौथो संस्करण सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ बर्दिबासको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सव १३ चैतसम्म चल्ने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्य नेतृत्वको गैरआवासीय नेपालीहरूको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ त्रिसुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा कटान सुरु भएको छ ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको प्रमाणपत्र प्रदान गर्नुभएको छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ।
नेकपा एमालेले हाल सञ्चालनमा रहेको सङ्गठन सुदृढीकरणका लागि मिसन ग्रासरुट अभियानको पहिलो चरण सम्पन्न भएको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजना सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ।
ताप्लेजुङमा स्थानीय समुदायलाई विपद् प्रतिकार्यसम्बन्धी शिक्षा दिन तालिम सुरु गरिएको छ।
नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले मतगणना भर्खरै सुरु भएको जानकारी दिनुभएको हो।
बाँकेमा यसवर्ष गतवर्षभन्दा दोब्बर बढी क्षेत्रफलमा चैते धान लगाइने भएको छ ।
मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपियाँ दिने भएको छ।