उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ ।
युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ गर्ने भएको छ ।
अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।
उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताउनुभएको छ ।
नेपालगञ्जको रङ्गशालास्थित नेपालकै दोस्रो ठूलो पौडी पोखरी (स्विमिंग पुल) सर्वसाधारणका लागि खुला गरिएको छ ।
सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।
धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतोमाथि शुक्रवार बिहान छुरा प्रहार भएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो।
भाइबहिनीहरू तिमीहरूलाई थाहा छ ? घरमा पाल्ने कुखुराजस्तै च्याखुरा पनि हुन्छ नि । च्याखुरा बालबालिकासँग साथी बनेर चाँडै घुलमिल हुने चरा हो । जङ्गलमा पाइने यो चरा घरमा पनि पाल्ने गरिन्छ । च्याखुरालाई नेपाल सरकारले खतराको नजिक रहेको प्रजाति मानेको छ । च्याखुरालाई ठाउँ र स्थानअनुसार च्याखुरा, चाखुरो, चकोर वा चुकर पनि भन्ने गरिन्छ । च्याखुरा समुद्री सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म पाइने गरेको छ । यो चराले ओखर, बदाम, पिठो, धान र पिठोभित्र मिसाएको घिउ खान असाध्यै मन पराउँछ । घरमा पालिएको च्याखुरालाई यस्ता खानेकुरा दिने गरिन्छ । वनमा भएका च्याखुराहरूले पनि सकेसम्म यस्तै खालको खानाको खोजी गर्ने गर्छन् ।
कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको च्याछरा क्षेत्रको सडक अनिश्चित कालका लागि बन्द हुने भएको छ । च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरबृद्धि हुने भएको कारण सडक बन्द हुने भएको हो ।
कर्णालीका १० जिल्लामा औद्योगिक ग्राम बनाउने योजना अलपत्र परेको छ । आर्थिक वर्ष २०७६ र ०७७ मा केन्द्र सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने योजनासहित औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो ।
देशप्रेम महत्त्वपूर्ण कुरा हो । सबैले देशलाई माया गर्नुपर्छ । यो माया भनेको देशको विकास र समृद्धिमा योगदान गर्ने साझा कर्तव्य हो । देशलाई समृद्ध बनाउन पद र सत्ता नै चाहिन्न । सङ्कल्प, अठोट, इमानदारिता, लगनशीलता, कर्तव्यपरायणता र प्रतिबद्धता बोकेर देश विकासका क्षेत्रमा होमिने हो भने सफल हुन सकिन्छ भन्ने उदाहरणीय व्यक्तित्व, हुनुहुन्छ, महावीर पुन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक सञ्चालक ।
सधैँ अबेलासम्म सुत्ने विमर्श आज भने बिहानै उठेको छ । कोठाको एक कुनाको भुइँतिर ढल्किएर झोक्राइरहेको देखेपछि बाबु विनोदले मायालु पारामा सोधे, “मेरो बाबुलाई के भएको छ ? आज बिहानै पो उठेछ त” तर विमर्शले बोल्ने छाँट देखाएन । बाबुले कपाल सुम्सुम्याउँदै फेरि भने, “मेरो नानालाई के किनिदिनुपर्ने भयो फेरि, ला भन त मैले किनिदिन्छु नि” ऊ केही पनि चलमल गरेन । बरु उल्टै बाबुको हात आफ्नो टाउकोबाट हटाएर कुनातिर स-यो ।