• १२ साउन २०८१, शनिबार

चलचित्र ‘भष्मे डन’को मुहूर्त

blog

काठमाडौँ, चैत ४ गते । चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को शुक्रबार पशुपतिनाथ मन्दिरमा मुहूर्त गरिएको छ। चलचित्रको छायाङ्कन चैत १० देखि सुरु हुने निर्देशक दीपेन्द्र के खनालले बताउनुभयो। उहाँले भन्नुभयो ४० दिनको तालिकासहित चलचित्रको छायाङ्कन सुरु गरिएको हो। 

खगेन्द्र लामिछाने र निर्देशक खनाल निर्माता रहेको चलचित्रको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ। मुहूर्तमा निर्देशक खनाल, लेखक तथा निर्माता लामिछाने, कलाकारहरू विपिन कार्की, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी उपस्थित हुनुहुन्थ्यो।

चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ललगायतको मुख्य भूमिका रहनेछ भने चलचित्रको प्रदर्शन आउँदो वर्षको दशैँमा गरिने बताइएको छ।